Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘पार्टी एकतापछि प्रचण्ड र ओलीको जिम्मेवारी बराबरी हुन्छ’

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकतापछि दुबै दलका अध्यक्षको जिम्मेवारी र हैसियत बराबरी हुनेगरी एकताको तयारी भएको बताएका छन् । खबरडबलीसँगको कुराकानीका क्रममा नेता थापाले पार्टी एकतापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको जिम्मेवारी बराबर हुने बताएका हुन् । उनका अनुसार दुबैदलका दोस्रो र तेस्रोतहका नेताहरुकको भने जनमत, र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति भएको छ । ‘माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको हकमा उहाँहरु बराबर नै हुने हो,’ नेता थापाले भने, ‘दोस्रो तह, तेस्रो तहमा भने जनमत, व्यक्तित्व वा नेतृत्वको योगदान जस्ता बिषयलाई हेरेर पार्टी एकताको भावना कायम राख्न र दुवै पक्षको सन्तुलन कायम गर्नमा सबै सहमत छौँ ।’ पार्टी एकतामा संगठनात्मक समस्या नभएको भन्दै नेता थापाले जिम्मेवारी बाँडफाँडको मापदण्ड बनाएको समेत प्रष्ट पारे । चुनाव अघि र पछि कतिपय नेताहरुले व्यक्त गरेका विचार र सोचाईले पार्टी एकतामा ढिलाई भएको नेता थापाले बताए । उनका अनुसार एमाले माओवादी एकता भाड्न केही शक्तिहरु लागेका कारण पनि पार्टी एकतामा ढिलार्य भएको हो । ‘प्रतिपक्षीको चलखेल र दुबै पार्टीमा देखिएको केहि आन्तरिक असन्तुष्टीले पनि ढिलाई हुन थोरै भूमिका खेलेको मैले पाएको छु,’ उनले भने, ‘बाँडफाँडका कारण मात्रै ढिलाई भएको होइन ।’ दुबै दलमा आन्तरिक असन्तुष्टि भएको बताएका उनले त्यसका बारेमा भने खुलाउन चाहेनन् । चुनावलगत्तै पार्टी एकता गर्ने सहमति भन्दै वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीचको एकता अझै समम ठोस रुपमा अघि बढ्न सकेको छैन । नयाँ सरकार गठन हुनु अघि पार्टी एकता हुने दुबैदलका नेताहरुले बताँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy