Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

उत्तर र दक्षिण कोरियाबीच यस्ताे भयो सहमती

\"\"उत्तर र दक्षिण कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सीमामा विद्यमान तनावलाई मत्थर गर्ने उद्देश्यले सैन्य वार्ता गर्न सहमती भएको बताएका छन् । दुई वर्ष भन्दा बढी समय पछि भएको पहिलो वार्तामा अर्को महिना दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा सहभागिता जनाउन ठूलै टोली पठाउन पनि उत्तर कोरिया सहमत भएको छ ।

साथै दुई वर्ष अघि निलम्बित गरिएको दुई देशबीचको सैन्य हटलाइन सम्पर्क पुनर्स्थापित गरिने सहमति समेत भएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्ने दक्षिणको आग्रहमाथि भने उसले अझै प्रतिक्रया जनाइसकेको छैन । उत्तर कोरियाले दक्षिणमा फेब्रुअरी महिनामा हुने हिउँदे ओलिम्पिक्स खेलमा आफ्नो टोली पठाउन पनि सहमति जनाएको छ । उसको टोलीमा खेलाडी, अधिकारीहरु र समर्थकहरुको एक समूह रहने छन् । सोलले दुई देशले उद्घाटन समारोहमा सँगै मार्चपास गर्न प्रस्ताव गरेको छ । उत्तर कोरियाका अधिकारीहरुलाई ओलिम्पिक्समा आउन अस्थायी अनुमति दिने दक्षिणले योजना बनाएको बताइएको छ । दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पाम्मून्जम भनिने शान्ति गाउँमा भएको थियो । दुबै पक्षबाट पाँच जना उच्च अधिकारीहरु वार्तामा समावेश भएका थिए । दुबै देशका नेताले सिसिटिभी मार्फत ती कुराकानी नियालेका थिए । इश्वी सम्वतको नयाँ वर्षमा उत्तर कोरियाका नेता किम जङ अनले दक्षिणमा हुने ओलिम्पिक्समा आफ्नो टोली पठाउने बारे विचार गरिरहेको बताएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending