Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

बालकृष्ण ढुंगेलबारे ‘गुमनाम’ बाबुराम भट्टरार्इ गोविन्द केसीलाई छुटाउन सडकमा !

\"\"काठमाडौं । सोमबार हिजो साँझ पक्राउ परेका डा. गोविन्द केसीको रिहाई माग गर्दै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सडकमा उत्रिएका छन् । बाबुराम मात्रै होईन सत्ताधारी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलगायतका टोली केसीको रिहाईको माग गर्दै सडकमा उत्रिएका छन् । उनीहरुसँगै केसीका समर्थकहरु माइतीघर मण्डलामा भरिभराउ छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । उनी अनसनस्थलबाटै मानहानीको मुद्धामा पक्राउ परेका हुन् । बाबुरामले माइतीघर मण्डलाबाट डा. केसीको पक्षमा नारा लगाइरहँदा सामाजिक सञ्जालमा भने उनको विरोध भइरहेको छ । बाबुरामले केसीको पक्षमा वकालत गरेको भने विरोध भएको भने होईन । तर केसीको पक्षमा सडक तताउन सक्ने पूर्वमाओवादीसमेत रहेका बाबुरामले किन बालकृष्ण ढुंगेलको बिषयमा एक शब्द पनि खर्चिएनन् ? माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा हत्या गरेको आरोपमा ढुंगेल यतिबेला जेलमा छन् । केहि महिनाअघि मात्रै पक्राउ परेका ढुंगेलको बिषयमा बाबुराम सामाजिक सञ्जालमा पनि एक शब्द खर्च गर्न नसकेको केहि माओवादी नेताहरुले बताउन थालेका छन् । जनयुद्धको नेतृत्व गर्नेमध्येका एक नेता बाबुरामले ढुंगेललाई भेट्न त परि जाओस् एक शब्द पनि नखर्चिनाले पनि उनीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिएको भन्ने बुझिन्छ । जनयुद्ध सफल भएकै कारण बाबुराम मन्त्री, प्रधानमन्त्री हुँदै अहिले माओवादीबाट फुटेर बनेको नयाँ शक्ति पार्टीको नेतृत्व गरिरहेका छन् । तर त्यहि जनयुद्ध सफल बनाउने अहोरात्र युद्ध मैदानमा खटिने ढुंगेलबारे भने उनी गुमनाम जस्तै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending