Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

गगन थापामाथि बम हान्नेले नै रामशरण महत र रमेश महतमाथि प्रहार गरेकाे पुष्टि

[caption id=\"attachment_137670\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

नुवाकोट । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

३२ वर्षका तामाङलाई ककनीको थानाभञ्ज्याङमा गएको मंसिर १ गते बम विस्फोट गराउन संलग्न भएको अभियोगमा काठमाडौँको प्रहरी नियन्त्रणबाट नुवाकोट प्रहरीले जिल्ला ल्याएको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा संगठनमा आबद्ध तामाङ बम पड्काउन घटनास्थल थानाभञ्ज्याङमा आएको मोबाइल नेटवर्कको आधारमा नियन्त्रणमा लिएकाले थप प्रमाण जुटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ । काँग्रेसका उम्मेदवार महतद्वय चढेको गाडी लक्षित गरी बम विस्फोटन गराउँदा उहाँहरु सुरक्षित रहेपनि पाँच जना गम्भीर घाइते भएका थिए । तामाङलाई गएको मंसिर १७ गते काठमाडौँमा काँग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा प्रहरीले हातहतियारसहित पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको थियो । नुवाकोट प्रहरी प्रमुख कुँवरका अनुसार काठमाडाँै अदालतबाट धरौटीमा रिहा भएपछि नुवाकोट घटनामा संलग्न रहेका तामाङलाई प्रहरी नियन्त्रणबाट यता ल्याइएको हो । ककनी बम विस्फोटमा संलग्न प्रारम्भिक अनुसन्धानमा आठजना देखिएकाले अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकालाई अदालतमा ज्यान मार्ने उद्योग मुद्दाको अभियोगपश्चात् बम विस्फोटसम्बन्धी अपराध मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रहरीको तयारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending