Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

\"\"काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई चर्चामा छन्। मिडिया देखि सामाजिक संजालमा समेत भट्टराई छाइरहेका छन्। युवा तथा एमाले भित्र आशा लाग्दा नेताको रुपमा हेरिएका भट्टराईले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई पार्टी एकता घोषणा भएको दिनमा सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए। भट्टराईले प्रचण्ड र ओलीलाई सन्यास लिन सुझाव दिएपछि एमाले भित्रै पनि यो विषयले चर्चा पायो।केहि प्रभावशाली नेताले त भट्टराई विरुद्ध सामाजिक संजालमा खरो रुपमै उत्रिएर आलोचमा समेत गरे। कान्तिपुर टिभीको चर्चित कार्यक्रम टफ-टकमा कुराकानी गर्दैं योगेशले भने- ओलीले मलाई जिताउन मेरो क्षेत्रमा जानुभयो,यो उहाँको म प्रतिको निगाहा भन्दा पनि पदीय दायित्व हो।उहाँले (ओली) ताप्लेजुङगमा गएर मेरो जुन उत्साह बढाउनु भयो,म उहाँप्रति सधैं कृतज्ञ नै हुनेछु।कतिपय मानिसले के ठाने भने ओलीलाई त्यहाँ पठाउनु भनेको योगेश भट्टराईसँग फिरौती लिनु जस्तो हो। यो फिरौतीको कुरा होइन। मैले केपी ओलीको चुनावी क्षेत्र दमक,गौरीगन्जमा गएर भाषण गरेको छु । त्यो मेरो दायित्व हो। दिलभुषण पाठकले भट्टराइलाई प्रश्न गर्दैं सोधे- केपी ओलीले ताप्लेजुङमा गएर त्यहाँका मतदातालाई तपाईंहरु योगेश जीलाई जिताएर पठाउनुस्,म मन्त्री बनाउँछु भन्नूभएको थियो,पछि ओलीले मन्त्री बनाइहाल्ने चाहना नदेखाएपछि तपाईं एकाएक यस्तो आक्रामक हनुभएको हो? पाठकको प्रश्नको जवाफ दिदैं भट्टराइले भने- अध्यक्ष ओलीसँग यस बिषयमा केहि पनि कुरा भएको छैन।उहाँले सार्वजानिक ठाउँमा मलाई मन्त्री बनाउँने मन्तव्य दिनुभयो त्यसले मलाई उत्साहित बनाएकै छ। त्यो कुरालाई म अन्यथा मान्दिन। पार्टी अध्यक्षले मेरो क्षेत्रमा गएर मलाई जिताउनुस् भनिदिएर मेरो दुई-चार हजार भोट बढि आएकै हो। मलाई मन्त्री बनाउने-नबनाउने त्यो ओलीको आफ्नो निर्णयको कुरा हो। मलाई त्यसमा कुनै सरोकार पनि छैन र म त्यसका निम्ति थप आग्रह पनि गर्न जान्न। भट्टराईले ओलीको दु:खको समयमा पनि आफू ओलीसँगै रहेको बताए।पार्टीको नवौं महाधिवेशनमा ओली र म अलग्गै प्यानलमा थियौ,त्यसमा कुनै लुकाउनैपर्ने कुरै छैन। ओलीलाई अध्यक्ष नबनाउ भनेर हामी लागेकै होउ र मलाई सचिव नबनोस् भनेर ओली पनि लागेकै हुन् तर त्यसको वावजुद पनि ओलीसँग मेरो ‘वर्किंङ रिलेसन’ छ। म उहाँको प्रचार विभाग प्रमुख हुँ।उहाँले दिएका हरेक काम मैले दिएको छु। उहाँको सुझाव मैले मान्ने पनि गरेको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending