Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

प्रचण्डकाे चेतावनी-अभिमतकाे कदर नगरे ठूलो दुर्घटना हुनसक्छ, पार्टी एकता अब के हुन्छ ?

\"\"चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले दिएको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउन नसके ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् । भरतपुरमा चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले निकै अप्ठ्याराहरु पार गर्दै राजनीतिक क्रान्तिको समापनतर्फ अघि बढेकोले अबका दशकहरु समृद्धिका दशकका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । “हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’ राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए । प्रचण्डले भने, “राजनीतिक परिवर्तन त गर्यौं, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिँगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । मैले पहाडका जनतालाई पट्यार लाग्ने गरी मधेशका जनतासँग संवादलाई निरन्तरता दिएँ । अथक प्रयासपछिस्थानीय, प्रदेश र ंसंघको निर्वाचन सम्पन्न भएको छ । अब अब विकास निर्माणलाई गति दिन सकेनौं भने यो पार्टी, त्यो पार्टी, त्यो नेता होइन, सबैको असफलता हुने छ । देश निकै अप्ठ्यारो स्थितिमा पुग्छ ।” प्रचण्डले चीन र भारत जस्ता आर्थिक समृद्धितर्फ लम्किरेहा दुबै देशबाट लाभान्वित भएर त्रिदेशीय साझेदारीको रणनीति तर्फ अघि बढ्ने सम्भावना रहेको समेत बताए । राजनीतिक क्रान्तिको समापनसँगै आर्थिक क्रान्तिको माध्यमबाट संसारले उदाहरण दिने गरी विकास र समृद्धितर्फ अघि बढन उनले अपील गरे । “त्यसैले सबैले संकल्प गर्नु जरुरी छ । अबको पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन सकियो भने आउने दशकहरु समृद्धिको दशकको रुपमा रहने छन् ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending