Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

[caption id=\"attachment_170017\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] चितवन । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ । मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउनुहुन्छ । साइबेरियाबाट ठूलो संख्यामा चरा नेपाल आएका छन् । यसरी बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजातिमात्रै २२ भन्दा बढीका हुन्छन् । बसाइँ सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिँडारीले खोया हाँस सगरमाथा नाघेर आइसकेको बताउनुभयो । चखेवा पनि जाडो छल्न नेपाल भित्रिएको उहाँको भनाइ छ । मुख्यगरी असोजबाटै चरा बसाइँ सरेर आउन शुरु गरेकामा अहिलेसम्म अधिकांश चरा बसाइँ सरेर जाडो छल्न नेपाल आइसकेको बिँडारी बताउँछन् । नेपालको कपिलवस्तु जिल्लामा पर्ने जगदीशपुर तालमा सबैभन्दा बढी चरा पाइन्छन् । गतको वर्षको गणनामा त्यहाँ २० हजार चरा भेटिएको थियो । यसवर्षमा पनि जलपक्षीको गणनाको तयारी गरिएको डा बराल बताउछन् । चराको अवस्था पत्ता लगाई संरक्षणको रणनीति बनाउन चरा गणना हुन लागेको उनको भनाइ छ । पछिल्ला समयमा जलपक्षीमा उतारचढाव आइरहेको भन्दै वासस्थान विनाश, आहारा प्रजातिमा विभिन्न समस्यालगायतका कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ । चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको अवस्थाका बारेमा अध्यावधि गर्न वर्षेनी पानीचराको गणना हुने गरेको र यो वर्ष पनि गणना गर्ने तयारीमा रहेको बताउछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies