Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

\"\"पोखरा ।  पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले वाम गठबन्धनबाट बाहिरने निर्णय गलत भएको धारणा समेत राखेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय नगरे आफूहरुले अलग ढंगले सोच्ने बताए । संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रचण्डसँग छलफल अगाडि बढाउन बैठकमा बोल्ने अधिकांश नेताहरुले दबाब दिएका छन् । चुनावको अगाडि भएको वाम गठबन्धबाट बाहिरिएसँगै नयाँ शक्तिमा दुई धार देखिएको थियो । अधिकांश नेताहरुले वामपन्थीसँग चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको थियो । गठबन्धनबाट भट्टराई पछी हटेपछि नयाँ शक्तिका नेता र उम्मेदवारहरुले पार्टी परित्याग गर्दै माओवादी केन्द्र र एमालेमा प्रवेश गरेका थिए । पहिलो चरणको चुनाव लगत्तै केन्द्रीय सचिवालय सदस्य डा। जनकराज शाहले कैलाली पुगेर वाम गठबन्धसँग सहकार्य गर्नुपर्ने बताएका थिए । उनले पहिलो चरणमा मात्रै काँग्रेस तालमेल भएको भन्दै नयाँ शक्तिका सबै नेता कार्यकताहरुलाई माओवादी केन्द्रलाई मतदान गर्न आह्वान समेत गरेका थिए । संयोजक डा. भट्टराईले उठाउँदै आएको आर्थिक समृद्धिको नारा ठिक भएको तर उनको नेतृत्व क्षमताका कारण सम्भव नभएको नयाँ शक्तिका नेताहरुले बताउँदै आएका छन् । त्यो बहस केन्द्रीय समिति बैठकमा पनि उठाइएको छ । “बाबुरामले उठाएको आर्थिक समृद्धिको नारा ठिक छ तर उहाँको नेतृत्वमा त्यो सम्भव छैन, त्यो नारा पूरा हुन माओवादीसँग एकता नै अनिवार्य छ” एक नेताले बताए । वाम ध्रुबिकरणको विपक्षमा गएको भन्दै चुनाव अगाडि संगठन विभाग प्रमु्ख देवेन्द्र पौडेलको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रसँग ध्रुविकरण भएका थिए । जारी बैठकले पार्टी एकताको लागि ठोस निर्णय नगरे फेरि त्यही स्थतरको विभाजन हुने स्रोतको दाबी छ । देशभरबाट कार्यकर्ताको दवावपछि डा. भट्टराईले केही दिन पहिलेमात्रै माके अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending