Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रचण्डलाई वाम गठबनधनको ‘क्याम्प’बाट बाहिर निकाल्ने कसरत, यस्ता छन् पात्र र ‘फर्मुला’

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेबीच हुने भनिएको पार्टी एकता बिथोल्न यति बेला केही शक्ति केन्द्रहरु सक्रिय भएका छन् । नेपाली कांग्रेसका केही नेताहरुले माओवादी केन्द्रलाई जसरी भएपनि एमालेबाट अलग गराएरै छाड्ने कुरा सर्वजानिक अभिव्यक्ति नै दिएका छन् । कांग्रसको गठबनधनमा रहेर सरकारमा सहभागी भएको माओवादी केन्द्रले एकाएक वाम गठबनधन बनाएर निर्वाचनमा जाने र नेकपा एमालेसँग पार्टी एकता नै गर्ने निर्णय गरेपछि काग्रेसमा ठुलै खैलाबैला मच्चियो । अझ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रस उम्मेदवारहरुले देशभरबाट हार व्यहोरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबनधनको ‘क्याम्प’बाट बाहिर निकाल्ने कांग्रेसले ‘मिसन’ नै बनाएको शेरबहादुर देउवा निकटका एक कांग्रेस नेता बताउँछन् । उनका अनुसार चुनावी परिणामले आत्तिएका कांग्रेस सभापती देउवा कुनै हालतमा एमाले–माओवादी एकता टुटाउने कसरतमा छन् । एमाले र माओवादी केन्द्रले एकता प्रक्रियालाई टुंगोमा पुर्याउन नसक्दा कांग्रेस, मधेसवादी दल र अन्य शक्तिकेन्द्रहरु दुईपार्टीको यो अन्योलतामा खेलेर प्रचण्ड–ओलीलाई अलग गर्न मरिमेटेर लागेका छन् । एमालेसँगको घनिष्ठताबाट माओवादी अध्यक्ष प्रचण्डलाई बाहिर निकाल्ने र वाम गठबन्धनको सरकार बन्न नदिने उनीहरुको रणनीति रहेको देखिन्छ । प्रचण्ड निकटका एक माओवादी नेताका अनुसार प्रचण्डलाई पाँच बर्षकालागि स्थायी प्रधानमन्त्री बनाउँछौँ भन्दै कांग्रेस र मधेशवादी दलका शीर्ष नेताहरु प्रचण्ड फकाउने अभियानमा लागेका छन् । यतिबेला मधेसवादी दल वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धनबाट सरकार बनोस भनने चाहानामा छन् । काङ्ग्रेस र मधेसवादी दल मिलेर माओवादी फकाउने र नयाँ सरकार गठन गर्ने कांग्रस–मधेसवादी दलको सहमति भएको देउवा निकट कांग्रेस नेताले बताए । मधेसवादी दल पनि वाम गठबनधन भन्दा कांग्रेससँग बढी नजिक देखिएका छन् । आजभोली मधेसवादी दलका शीर्ष नेताहरु प्रचण्डसँग नियमित सम्पर्कमा आएको माओवादीका एक नेताले बताए । उनका अनुसार कांग्रेस, माओवादी र मधेसवादी दल मिलेर सरकार बनाउन प्रचण्डसँग मधेसवादी दलका शीर्ष नेताहरुले पटक–पटक अनुरोध गर्दै आएका छन् । यस्ता छन् पात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वाम गठबन्धनको ‘क्याम्प’ बाट निकाल्न नेपाली काङ्ग्रेसका दास्रो तहका नेताहरुलाई देउवाले सक्रिय बनाएका छन् । काङ्ग्रेसका तर्फबाट कृष्ण सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अमरेशकुमार सिंह, डा. संशाक कोइरालाला, लगयतका नेता सक्रिय भएर लागेको काग्रेसका एक नेताले बताए । उनका अनुसार कांग्रेस सभापति देउवाले आफ्ना बिश्वासपात्रहरुलाई प्रचण्डसँग नियमित सम्पर्कमा रहन समेत भनेका छन् । त्यस्तै मधेसवादी दलका नेताहरु राजेन्द्र महतो, अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव लगायतका नेताहरू सक्रिय भएको एक स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुले एमालेसँगको गठबनधन छोड्न प्रचण्डलाई सुझाइरहेका छन् । यस्ता छन् ‘फर्मुला’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबनधनका तर्फबाट प्रधानमनत्री नहुने निश्चित छ । एमालेले प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन समेत आनाकानी गर्दै आएको देखिन्छ । हालसम्म माओवादी केन्द्रका नेताहरुले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएपनि एमालेका दास्रो तहका नेताहरुले घुमाउरो भाषामा प्रचण्डलाई अध्यक्ष नमान्ने संकेत गरेका छन् । यतिबेला नेपाली कांगं्रेर र मधेसवादी दलका नेताहरुपनि प्रचण्डलाई यस्तै कुरा सुझाइरहेका छन् । प्रचण्डलाई पाँचवर्षसम्म प्रधानमन्त्री बन्नेगरी वाम गठबन्धन छोड्न उनीहरुले अनुरोध गरेका छन् । कतिपय कांग्रेस नेताहरुले सर्वजानिक रुपमै प्रधानमन्त्री प्रस्ताव समेत गरेका छन् । वाम गठबनधन छोडेर आए प्रचण्डलाई पाँच वर्षकालागि प्रधानमन्त्री मान्न सकिने राजपाका एक नेताले बताए । उनका अनुसार कांगे्रस र मधेसवादी दलका नेताहरुले प्रधानमनत्रीको आश देखाएर वाम गठबनधन छोड्न अनुरोध गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies