Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

‘एमालेका कारण पार्टी एकता अनिश्चित’

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता नेतृत्वको विषयमा दुई दलबीच कुरा नमिलदा अनिश्चित बनेको बताएका छन् । बुधबार(आज) खबरडबलीसँग कुरा गर्दै नेता थापाले सरकार र पार्टी नेतृत्व फरक–फरक हुनुपर्ने माओवादी केन्द्रको प्रस्तावमा एमालेले आफ्नो धारणा बनाउन नसक्दा पार्टी एकता अनिश्चित बनेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओली सरकार प्रमुख बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्ने नेता थापाले बताए । उनका अनुसार एमालेले प्रचण्डलाई पार्टी अध्यक्ष दिन तयार नभएकै कारण पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको हो । नयाँ सरकार बनाउनु अगावै पार्टी एकताको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव माओवादी केन्द्रले राखेको उनले बताए । एमालेले सरकार प्रमुख र पार्टी प्रमुखमध्ये कुन पद लिने भन्ने स्पष्ट पारे तत्काल पार्टी एकता प्रक्रिया अघि बढ्ने उनले बताए । ‘पार्टी र सरकारको नेतृत्व फरक–फरक व्यक्तिले गर्नुपर्ने प्रस्ताव हामीले राखेका छौँ,’ उनले भने, ‘एमालेले अहिलेसम्म यो विषयमा निर्णय गरेको छैन । नेतृतवको सवालमा एमालेले धारणा सार्वजनिक गरेलगात्तै पार्टी एकता प्रक्रिया अघि बढ्छ ।’ दुबैपार्टीको सम्मानजनक उपस्थिती रहनेगरी पार्टी एकता गर्नुपर्नेमा उनले जोड दिए । मंगलबार(हिजो) बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले समेत पार्टी एकता ‘फिप्टी–फिप्टी पावर सेयरीङ’ का आधारमा हुनुपर्ने अधिकांश नेताले कुरा उठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies