Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यी हुन् २०१७ मा चर्चाको चुलीमा रहेका बलिउड सेलीब्रेटी

\"\"कंगना रनोट अभिनेत्री कंगना रनोट यस वर्ष पनि विवाद र चर्चाको केन्द्रमा रहिन्। कंगना र उनका कथित ‘ब्वाई फ्रेन्ड’ ऋतिक रोशनबीचको विवादले बलिउड तताइरह्यो। एउटा न्युज च्यानललाई अन्तर्वार्ता दिँदा उनले ऋतिक र आदित्य पञ्चोलीसँग आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन् । यसपछि विवाद बढेर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने क्रम सुरु भयो । अर्को न्युज च्यानललाई अन्तर्वार्ता दिँदै ऋतिकले आफ्नो र कंगनाको प्रेम सम्बन्ध नरहेको बताएका थिए । दीपिका पादुकोण फिल्म ‘पद्मावती’ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका पादुकोण पनि यस वर्ष विवादमा फँसिन् । डिसेम्बर १ मा रिलिज हुने भनिएको फिल्म करणी सेनासहित विभिन्न संगठनका विरोधका कारण रिलिज भएन। यी संगठनले दीपिकामाथि आरोप लगाए– उनले इतिहास नबुझीकन फिल्म साइन गरिन् । दीपिकालाई नाक काट्नेसमेत धम्की दिइएको थियो । अनुष्का शर्मा वर्षको अन्तिमतिर अभिनेत्री अनुष्का शर्मा चर्चामा रहिन् । चार वर्षसम्म भारतीय क्रिकेर विराट कोहलीसँगको प्रेम सम्बन्धपछि उनले डिसेम्बर ११ मा बिहे गरिन् । इटलीमा बिहे गरेको यो जोडीले रोममा हनिमुन मनायो । प्रशंसकमाझ ‘विरुष्का’ का नामले चिनिने यस जोडीले २१ डिसेम्बरमा दिल्लीमा बिहेको रिसेप्सन राखेको थियो । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आएका थिए । यो कुराले पनि उनीहरूको बिहेलाई थप चर्चा दिलायो । यसबाहेक बिहे तथा रिसेप्सनमा लगाएका पहिरन र गहनाका कारण पनि अनुष्का चर्चामा रहिन् । उनीहरूको बिहेमा करिब ढेड अर्ब रुपैयाँ खर्च भएको बताइएको छ । माहिरा खान फिल्म ‘रइस’ मा अभिनय गरेकी पाकिस्तानी अभिनेत्री माहिरा खान पनि यस वर्ष चर्चामा रहिन् । तर, आतंककारी हमला हुने हल्लाका कारण भारतभरि पाकिस्तानी कलाकारको विरोध भयो। जसको शिकार माहिरा पनि भइन्। उनका कारण फिल्मकै विरोध भयो। साथै, रणवीर कपुरसँग धूम्रपान गर्दै गरेको तस्बिरले पनि माहिरालाई विवादित बनायो। सारा अली खान सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले बलिउडमा ‘इन्ट्री’ गर्ने हल्ला लामो समयदेखि चलिआएको थियो। यस वर्ष यो हल्लाले बिराम पायो । सारा अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ मा देखिनेछिन् । जाह्नवी कपुर श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुरको अभिनय यात्रा पनि यस वर्षबाट सुरु भयो। मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक फिल्म ‘धडक’ मा उनी शाहिद कपुरका भाइ इशान खट्टरसँग पर्दामा देखिनेछिन् । भूमि पेडनेकर यस वर्षको हिट फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ की अभिनेत्री भूमि पेडनेकर पनि चर्चामा रहिन् । फिल्ममा अक्षय कुमारकी अभिनेत्रीका रूपमा देखिएकी उनी वजन घटाएका कारण चर्चामा रहिन् । पछिल्लो फिल्म ‘दम लगा के हइसा’ का लागि उनले आफ्नो वजन बढाएकी थिइन् । उनले आफ्नो वजन ९० किलो पुर्‍याएकी थिइन् । फिल्मपछि चार महिनामै उनले २१ किलो वजन घटाएकी थिइन् । जायरा वसिम फिल्म ‘दंगल’ बाट अभिनय यात्रा थालेकी जायरा वसिम पनि यस वर्ष चर्चामा रहिन् । उनको दोस्रो फिल्म ‘सिक्रेट सुपरस्टार’ यसै वर्ष रिलिज भयो। जसमा उनी मुख्य भूमिकामा थिइन् । यसबाहेक दिल्लीबाट मुम्बई जाँदा फ्लाइटमा एक सहयात्रीले आफूसँग छेडछाड गरेको आरोप उनले लगाएकी थिइन्। जबकि, आरोपीकी श्रीमतीले जायराले चर्चा पाउन यसो गरेको बताएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending