Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

वामका चार संगठनले आयोगलाई साेधे-मत परिणाम सार्वजनिक गर्न कसले अड्कायाे ?

\"\"काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका चार संगठनले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार वाम गठबन्धनका चार गठनले ज्ञापनपत्र बुझाएका हुन् । नेकपा एमालेको युवा संगठन, अनेरास्ववियु र नेकपा माओवादी केन्द्रको वाइसिएल, अखिल (क्रान्तिकारी)को संयुक्त टोलीले ज्ञापनपत्र बुझाएको वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले खबरडबलीलाई जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवलाई भेटगरी निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वाम गठबन्धनको परिणामबाट आत्तिएर भारतीय योजना र बर्तमान सत्तारुढ दल नेपाली कांग्रेसको निर्देशनमा गठबन्धन फुटाउने, नयाँ सरकार गठन गर्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न घरदेशी र परदेशी शक्तिहरु लागिरहेको अवस्थामा आयोगले नै प्रतिनिसभाको परिणाम सार्वजनिक गर्न ढिलाई गर्दा ‘दालमे कुछ काला हे’ भन्ने एउटा हिन्दि उखान जस्तै सावित भएको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै आयोगले प्रतिनिसभा सदस्य ऐन २०७४ को दफा–६० को उपदफा–४ मा प्रतिनिसभामा समानुपातिकबाट विजयी हुनेहरुको सूची राजनीतिक दलहरुसँग माग्नुपर्नेमा हालसम्म मागेको छैन् । राष्ट्रियसभाको सन्दर्भमा संविधानको धारा–८६ को २ को ‘क’मा प्रत्येक प्रदेशबाट ३ जना महिला अनिर्वाय निर्वाचित गर्नुपर्ने प्रावधान छ । त्यसैगरि धारा–८६ को २ ‘ख’मा राष्ट्रिपतिले मनोनित गर्ने ३ जनामध्ये एक जना अनिवार्य महिला हुनेपर्ने व्यवस्था गरेको छ । यसरी हेर्दा राष्ट्रियसभाका कूल ५९ जना सदस्यमध्ये २२ जना महिला निर्वाचित हुने देखिन्छ । यो संख्या ५९ मा २२ प्रतिशत भने ३८ प्रतिशत हो । यहाँ ५ प्रतिशत महिलाको संख्या यसमा बढी भएको ज्ञापनपत्रमा लेखिएको छ । ज्ञापनपत्रमा लेखिएको छ ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ६० ले निर्वाचनको परिणामको घोषणा गनै बिधि प्रष्ट पारेको छ । दफा ६० को ४ मा संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य भनिएको छ । बुझ्नुपर्ने के हो भने राजनीतिक दलहरु ३३ प्रतिशत संघीय संसद्मा महिलाहरुको संख्या पु¥याउने माध्यम हो । त्यसैले प्रष्ट संवैधानिक व्यवस्था अनुसार नै संविधानको मर्म र भावनालाई पक्रिएर संघीय संसद्मा ३३ प्रतिशत संख्या भयो÷भएन भन्ने हो । यहाँ आयोगले दलीय झमेला झिक्ने बिषय गलत मनसाय हो । संविधानको मक्सद के हो ? यो कुरा हामीले बुझ्नु जरुर छ । त्यसैले संविधानलाई पूर्ण कार्यन्वयनमा ल्याई बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न, मुलुकलाई नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउन आयोगसँग हाम्रो जोडदार माग छ । पुनश्चः आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रप्रञ्च हामीलाई मान्य नहुने र यस्तै गरे हामी कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।’ यसैबीच नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आज ३ बजे प्रमुख निर्वाचन आयुक्त र आयुत्तहरुसँग छलफल गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending