Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भैरहवा-तौलिहवा सडक स्तरोन्नतिको काम शुरु

[caption id=\"attachment_169399\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption]

लुम्बिनी । अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताए । उनका अनुसा पहिलो चरणअन्र्तगत उक्त सडकका दायाँबायाँ पुर्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ । भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी छ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म चार लेनको बनाउन लागिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ ।

हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दयाँबायाँ चौडा बनाइने छ । सडकको काम आगामी साढे दुई वर्ष अर्थात २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनु पर्ने भएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडलले जानकारी दिए । कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर छ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर चार लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ३० किलोमिटर दुई लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । छ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दूई–दूई लेनको सडक र दायाँबायाँ एक–एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।

सडक खण्डमा ३६ बटा यात्रु प्रतीक्षालय बनाउनुका साथै काटिएका दुई हजार एकसय रुखको बदला पाँचहजार एकसय रुख रोप्ने योजना छ । सडकको कोरिया इन्जिनीयरिङ कन्सलटेन्टले प्राविधिक कामहरुको समन्वय, निगरानी र परीक्षण गर्ने छ । हाल योजनामा ५०–६० जना प्रविधिज्ञहरु लागेका छन् । आवश्यकता अनुसार थप प्रविधिज्ञ परिचालन गर्ने आयोजनाका आवासीय इन्जिनियर राजेन्द्रसिंह मोनीले बताए ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत भ्याटसहित करिब रु एक अर्ब ९३ करोड रहेको छ । स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

सडक निर्माण पूरा भएपछि यो सडक निकै सुन्दर देखिने आयोजनाको दावी छ । यसले लुम्बिनीसम्म पुग्ने पर्यटकलाई पनि निकै सहज हुने देखिएको छ भने छोटो अवधिमै गन्तव्यसम्म पुग्न सकिने छ ।

भैरहवा–लुम्बिनी सडक दुई लेन र लुम्बिनी–तौलिहवा सडक एक लेन भएकाले निकै साँघुरो एवं जीर्ण हुँदा आवागमनमा कठिनाइ उत्पन्न भएको छ जसका कारण सडक दुर्घटनासमेत बढ्दै गएको छ । सडक योजनाअन्तर्गत पर्ने ४१ दशमलव १३० किलोमिटर सडक स्तरोन्नति गर्न गवार कन्सट्रक्सन लिमिटेड गुणगाँव भारतले १ अर्ब ९३ करोड ६ लाखमा ठेक्का सम्झौता गरेको छ । हालसम्म सडकको दुवैतर्फ पुर्ने, सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रेसर उद्योग, प्रयोगशाला तथा आवश्यक अस्थायी स्थलहरुको निर्माण गरिसकिएको बताइएको छ । योजनाअनुसार पहिला लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर दुई लेन सडक कालोपत्र गरेर यही मंसिरभित्र सम्पन्न गरिने गवार कन्सट्रक्सनका कन्ट्रयाक्ट म्यानेजर पी भी श्रीनिवासनले बताए ।

योजनाअन्तर्गत पर्ने सडकको दुवैतर्फ भएका रुखहरुको प्रतिवेदन वन विभाग पठाइएको र अनुमति आउनासाथ रुख काटेर कामलाई तीव्रता दिइने योजना प्रमुख पौडेलले बताए । आयोजनाका अनुसार सम्झौता गरे लगत्तै खेती किसानी र धान काट्ने समय शुरु भएको कारण कात्तिक –मंसिरबाट मात्र सडकको स्तरोन्नति शुरु गरिएको र अहिलेसम्म ३–४ प्रतिशत भौतिक काम भइसकेको छ । योजना सम्पन्न गर्न करिब साढे ४ लाख वर्गमिटर कच्चा पदार्थ आवश्यक पर्ने बताइन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies