Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

रजनीकान्तले गरे नयाँ पार्टी बनाउने घोषणा

\"\"नयाँ दिल्ली । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो प्रशंसकका अगाडि राजनीतिमा आउने घोषणा गरेका छन् । रजनीकान्तले तमिलनाडुमा अब हुने विधानसभा चुनावमा नयाँ पार्टी बनाएर भाग लिने बताएका हुन् । रजनीकान्तले आफू कायर नभएको बताउँदै जस्तोसुकै प्रतिकुल अवस्था आए पनि पछि नहट्ने दाबी गरे । आफ्नो छोटो भाषणमा उनले भने, \'तमिलनाडुमा लोकतन्त्रको अवस्था एकदमै दयनीय छ । त्यसलाई हटाउन सिस्टममा परिवर्तन आवश्यक छ ।\' \'अहिले हाम्रो राज्यको अवस्था निकै नाजुक छ । यस्तो अवस्थामा यदि म अगाडि नआउने हो भने त्यो मेरो लागि नै लाजमर्दो विषय हुन्छ । म राजनीतिमा आउने कुरा सिनेमा होइन साँचो हो,\' राघवेंद्र कल्याण मण्डपममा प्रशंसकहरुको बाक्लो उपस्थितिबीच उनले भने, \'मैले गरेका वाचाहरु यदी तीन वर्ष भित्र पुरा गर्न सकिन भने म राजिनामा दिएर हिँड्छु ।\' रजनीकान्तले आफ्ना समर्थकहरुलाई पनि राजनीतिमा होमिएर गाउँको गल्ली गल्लीमा जान आव्हान गरेका थिए । प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन पछि त्यहाँको राजनीतिमा अस्थिरता आएको छ। जयललिताको निधन पछि नै रजनीकान्त राजनीतिमा आउन सक्ने अडकलवाजी भइरहेको थियो । ६७ वर्षिय रजनीकान्तले २०२१ मा हुने विधानसभा चुनावमा उनको नयाँ पार्टीले सबै २३४ सीटमा उम्मेदवारी दिने पनि घोषणा गरे । तामिल नाडुको राजनीतिमा पहिलेदेखि नै सिनेमाका चर्चित अभिनेताहरुको दबदबा रहँदै आएको छ। स्व जयललिता पनि आफ्नो समयको चर्चित अभिनेत्री थिइन् । त्यसैले पनि उनको स्थान लिनलाई सिनेमाका पर्दामा संधै जनताको रक्षक बनेर देखा पर्ने सुपरस्टार रजनीकान्त सक्षम हुने विश्वास आम मानिसलाई छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending