Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

वीपीले जन्माएकाे मेलमिलाप दिवसकै दिन नेविसंघमा भाँडभैलाे

\"\"काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा भाँडभैलाे मच्चिएकाे छ । मेलमिलाप दिवसमा अलगअलग कार्यक्रम गरेका छन् । केही दिनयता संघको नेतृत्वप्रति असन्तुष्ट हुँदै एउटा पक्षले समानान्तर समिति नै बनाउने निर्णय गरेको थियो । त्यसपछि नेवि संघिको दुईवटा फरक फरक सहुमले फरक फरक गतिबिधि गरिरहेका छन् । कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ । वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । तर, मेलमिलाप दिवसकै दिनदेखि कांग्रेस भ्रातृसंगठन नेविसंघमा भने विभाजनको स्पष्ट संकेत देखिएको छ । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच मिल्ती देखिँदैन । यो विभाजनको रेखा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि झन् गहिरो बन्दै गएको छ । पार्टीभित्रको बेमेलको असर स्वतः भ्रातृ संगठन नेविसंघमा परेको छ । बेमेलकै नतिजाका कारण मेलमिलाप दिवसको अवसरमा नेविसंघका नेताहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका हुन् । नेविसंघको संस्थापन पक्षले राष्ट्रियसभागृहमा दिउँसो एक बजे कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् । दिउँसो १ बजे नै रामचन्द्र पौडेल पक्षको नेविसंघ नेताहरुले त्रिचन्द्र क्याम्पसमा अर्को छुट्टै कार्यक्रम आयोजना गरेका छन् । त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुलाई बोलाइएको छ । नेविसंघमा अहिले देखिएको विवादका बिभिन्न कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति मुख्य हो । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्थाअनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एकजना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष -एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउँछन् । अहिले नेविसंघ अध्यक्ष महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी छ । हालसम्म गरिएका नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लागेको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेविसंघभित्रको विवाद छताछुल्ल भएको छ । नेवि संघ अध्यक्ष नैनसिंह महरले संस्थालाई विधिसम्मत रुपमा चलाउन नसक्दा नेवि संघ नै कमजोर भएको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति गठन गर्ने निर्णय गरेको थियो । संस्थापन पक्षको नेतृत्व अध्यक्ष नैनसिंह महरले र पौडेल पक्षको नेतृत्व मनोजमणि आचार्यले गर्दै आएका छन् । कांग्रेस नेता पौडेल पक्षका नेविसंघका नेताहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महर स्वेच्छाचारी ढंगले बढेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । देउवाले पनि आफूले महर र आचार्य दुबै पक्षलाई राखेर मिलाउने भन्दै १० दिन समय मागेका थिए । त्यो दशदिने अल्टिमेटमको अन्तिम दिन आज हो । संयोगले आजै राष्ट्रिय मेलमिलाप दिवस परेको छ । र, यही दिनदेखि नै नेविसंघमा मेलमिलाप होइन विभाजनको संकेत देखापरेको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का हुनुपर्नेमा नेता–कार्यकर्ताहरुमा विभाजनको मानसिकता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending