Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

'एक्लै सगरमाथा चढ्न प्रतिबन्ध'

[caption id=\"attachment_123937\" align=\"alignleft\" width=\"640\"]\"\" फाइल फाेटाे[/caption]

काठमाडाैं । संशोधित पर्वतारोहण नियमावली अनुसार अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरिएको एक अधिकारीले बताए ।

पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको अधिकारीहरुको भनाइ छ । नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी हिमाली चुचुराहरु आरोहणका लागि खुला गरिएका छन् । यदाकदा पर्वतारोहीहरुले एक्लै आरोहणको प्रयास गर्ने गरेका खबरमाझ यसै साता मन्त्रिपरिषद्को विधायन समितिले पारित गरेको नयाँ नियम अनुसार अब कसैलाई एक्लै आरोहण गर्ने अनुमति दिइने छैन । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार अशक्त र अपाङंगता भएका आरोहीले अनिवार्य रुपमा चिकित्सकको सिफारिस लिएर मात्र आरोहण अनुमति माग्न सक्छन् । न्यौपानेले भने, \"दुवै आँखा नदेख्ने र दुवै खुट्टा नटेक्नेलाई चिकित्सकले कसरी हिमाल चढ्न सिफारिस गर्लान् र ? तर यदि सिफारिस सहित कोही आयो भने त्यसलाई अनुमति दिने निकायले हेरेर निर्णय गर्ला ।\" खासगरी वसन्त र शरद ऋतुमा नेपालमा हिमाल चढ्न आरोहीहरुको भीड लाग्ने गर्छ । गत वसन्त ऋतुमा आरोहणको क्रममा सबैभन्दा पाको उमेरको सगरमाथा आरोही बन्ने लक्ष्य लिएका ८५ वर्षिय मीनबहादुर शेरचनको ज्यान गएको थियो । त्यही महिना सगरमाथा नजिकै एक्लै पर्वतारोहण गर्ने अभ्यास गरिरहेका स्वीटजरल्याण्डका प्रसिद्ध आरोही उएली स्टेकको पनि ज्यान गएको थियो । छिट्टै राजपत्रमा प्रकाशित हुने भनिएको नेपाल सरकारको नयाँ नियम अनुसार सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोहीका अतिरिक्त सहयोगी र पथप्रदर्शकलाई पनि आरोहण प्रमाणपत्र दिइनेछ । नयाँ नियमावली अनुसार सगरमाथा र अन्य हिमालको आधार शिविरमाथि हेलिकोप्टरको प्रयोग गरी हिमाल चढ्ने वा हिमालबाट तल ओर्लन समेत पर्वतारोहीलाई वर्जित गरिने भएको छ । घाइते वा बिरामीको उद्धारका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न पाइने व्यवस्था नियमावलीमा गरिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending