Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

अदालतकाे एउटा अनाैठाे निर्णय: ठगीमा गर्ने एकलाई १३ हजार वर्ष जेल सजाय

\"\"थाइल्याण्ड । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ । ३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए ।

आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइएको छ । अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ । गल्ती गरेको स्वीकारोक्तिले उनको सजाय आधाले घटेर ६,६३७ वर्ष ६ महिनामा झरेको छ । यद्यपि उनले २० वर्षभन्दा बढी जेल सजाय भोग्नु नपर्ने देखिएको छ । थाइल्याण्डको कानून अनुसार उनी दोषी ठहर भएका दुईवटा अपराधमा प्रत्येकका लागि १०/१० वर्ष जेल सजायको व्यवस्था छ । अभियोजनकर्ताहरुले अदालतलाई बताए अनुसार पुडितले सेमिनारहरुको आयोजना गर्थे जहाँ उनले विकास, सौन्दर्य, प्रयोग गरिएका कार र निर्यात लगायतसँग आफ्नो व्यवसाय सम्बन्धित रहेको भन्दै सहभागीहरुलाई लगानी गर्न प्रोत्साहित गर्थे । द ब्यांकक पोस्टका अनुसार नयाँ सदस्य लिएर आउने लगानीकर्तालाई मनग्गे प्रतिफल र प्रोत्साहन रकम दिने वाचा गरिएको थियो । जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि पुडितलाई गत अगष्ट महिनायता \'ब्यांकक रिमाण्ड प्रिजन\' मा राखिएको थियो । अदालतले उनका दुईवटा कम्पनीमा प्रत्येकसँग २०/२० करोड डलर बराबरको सम्पत्ति रहेको जनाएको छ । अदालतले पहिचान गरिएका २,६५३ जना पीडितलाई साढे ७ प्रतिशत ब्याजसहित करिब १७ करोड डलर फिर्ता दिन पुडितलाई आदेश दिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending