Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

राष्ट्रिय सभा निर्वाचन: अाठ किसिमकाे मतपत्र !

\"\"काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आठ प्रकारका मतपत्र प्रयोग गर्ने विकल्प अघि सारेको जनाएको छ ।

प्रत्येक प्रदेशबाट विभिन्न चार समूहमा उम्मेदवारहरु चयन गरिने भए पनि उनीहरुलाई चुन्ने निर्वाचक मण्डलमा रहने स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभा सदस्यको मतभार फरक भएकाले आठवटा मतपत्र प्रयोग गर्दा सहज हुने आयोगका अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट ‍तीन महिला, एक दलित, अपांगता भएका वा अल्पसंख्यक एकजना र ‍खुला समूहबाट बाँकी तीनजना गरी आठ सांसद चुनिने छन् । चुन्नका लागि आठ किसिमका मतपत्र प्रयोग गर्ने विकल्प आफूहरुले अघि सारेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‍उनले भने, \"प्रदेश सभाका सदस्यहरुको ४८ मतभार छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहन्छ। त्यसैले त्यो दुईवटा छुट्टयाउनका लागि पनि आयोगले दुईवटा रंगको मतपत्र प्रयोग गर्नुपर्छ। त्यसैले ८ किसिमको मतपत्र हुने सम्भावना छ ।\" राष्ट्रिय सभाको निर्वाचनको मिति तोकिएर उम्मेदवारी दर्ता भएपछि मतपत्रबारे आफूहरुले अघि सारेको विकल्पले औपचारिकता पाउने उनले बताए। महिला, दलित र अपांगता भएका वा अल्पसंख्यकको सहभागिता निश्चित संख्यामा पक्का गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले ती समूहका उम्मेदवारलाई अन्य समूहसँगै राख्न नहुने विज्ञहरुले औंल्याइरहँदा आयोगले पछिल्लो विकल्प अघि सारेको हो । राष्ट्रिय सभामा सातैवटा प्रदेशबाट चुनिने ८/८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन गरी ५९ सांसद रहनेछन् । निर्वाचित हुने ५६ जना चुनिने प्रक्रियाबारे आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल भन्छन्, \"खुला सदस्य र महिलाको एकल संक्रमणीय पद्धति भएकोले मतपत्र फरक हुने भयो, अनि दलित र अल्पसंख्यकको बहुमतीय प्रणाली हुने भएकोले एकै स्थानमा हुँदा अलमल हुने भएकोले दुई फरक मतपत्र हुनेछ ।\" राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २,०५६ जना मतदाता हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending