Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

सुन्तला उत्पादनमा कमी

 

\"\"तेह्रथुम । यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तला नफलेको किसानले बताए ।

यस वर्ष गत वर्षभन्दा कम मात्रै सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवनसिंह बुढाथोकीले बताए । “यसपालि सुन्तला खासै फलेनँ, किसान खेतीप्रतिनै निराश देखिएका छन्” उनले भने । फूल खेल्ने समय र फल लाग्ने समयमा असिना पानी परेका कारण सुन्तला उत्पादनमा गिरावट आएको उनले बताए । केही किसानको बगानमा स्याहार नपुग्दा रोगको संक्रमण रहेकोसमेत उनले स्वीकारे । सुन्तलामा यो वर्ष ऐजेरुको समस्या बढी देखिएको छ । यो वर्ष गत वर्षको आधा मात्रै सुन्तला फलेको आठराई गाउँपालिका–४, इवाका किसान प्रल्हाद उप्रेतीले बताउनुभयो । “यसपालिका सुन्तला त्यति फलेनँ, तर भाउ चाँहि राम्रो छ” उनले भने । गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत नै कम सुन्तला फलेको मेन्छ्यायेम गाउँपालिका–५ का किसान भीम भट्टराईले बताए । गत वर्षभन्दा यो वर्ष आधा मात्रै सुन्तला फलेको सुन्ताला किसानको भनाइ छ । उत्पादन घटेपछि मूल्य भने उच्च देखिएको छ । गत वर्ष प्रतिकेजी रु ४० कारोबार भएको सुन्तला यो वर्ष रु ७० मा कारोबार भइरहेको छ । बीस रोपनी जमिनमा सुन्तला खेती लगाएका कृषक उप्रेतीले भने “गत वर्ष पनि सुन्तलाबाट राम्रो कमाइ भयो, यो वर्ष अझै आश गरेको थिएँ, तर मूल्य बढे पनि उत्पादनचाँहि घट्यो ।” यो वर्ष विगतभन्दा ससाना दाना लागेको छथर गाउँपालिका–४, फाक्चामाराका किसान खगेन्द्रराज दाहालले बताए । “सुन्तला नपाकी झर्ने, पात पहेँलो हुने र बोटै मर्ने, ऐजेरु लाग्नेलगायत रोगका कारण यो वर्ष सुन्तला राम्रो फलेनँ” उनले भने । दाहालले पनि करिब २५ रोपनी जमिनमा सुन्तला खेती लगाएका छन् । खेतीको क्षेत्र वर्षेनी बढाए पनि रोग किराको संक्रमणका कारण राम्रो आम्दानी लिन नसकेको उहाँले बताए । “रोगको निदानका लागि कृषि प्राविधिकलाई देखाए पनि समाधान भएनँ, माटो परीक्षण गरेरै खेती थालेको थिएँ” उनले भने । जिल्ला कृषि विकास कार्यालयका अनुसार सबै स्थानीय तहमा सुन्तला खेती हुन्छ । तर त्यसमध्ये पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका एक हजार १३ हेक्टर जमिनमा सुन्तलाखेती भइरहेको कार्यालयको तथ्यांक छ । गत वर्ष जिल्लामा पाँच हजार ८४२ मेट्रिक टन सुन्तला फलेको थियो । यहाँ उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ समेत निर्यात हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending