Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

आखिर के भएको हो हिजो पेरिसडाँडाको छतमा ? हेर्नुहोस हिमालद्वारा जारी यो विज्ञप्ति

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता झम्क पराजुली हिमालले ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीलाई हातपात भएको समाचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । प्रदेशको समानुपातिक सूचीमा आफ्नो नाम १ नंम्बरमा रहेकोकाले बुझाइएको समानुपातिक नामावलीमा नाम नै नरहेकोप्रति स्पष्ट हुन खोजेको घटनालाई हातपात गरेको समाचारप्रति सत्यता नरहेको शनिबार हिमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेता हिमालले खबरडबलीसँग भने ‘पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य र संयोजक सुवेदीसँग मैले अन्यायपूर्णरुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको हुँ ।’ तर मैले हातपात नै भने गरेको छैन् ।’ हिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु ।’

मिति २०७४ पुष १५ गते

प्रेस विज्ञप्ति

हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको ३ नं. प्रदेश कमिटिले पुष १४ गतेका दिन प्रदेशसभा अन्तर्गत समानुपातिक सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको यहाँहरुमा सर्वविदितै छ । यसअघि निर्वाचन आयोगलाई बुझाइएको अन्तिम नामावलीमा मेरो नाम १ नंम्बरमा रहेको र हाल बुझाइएको समानुपातिक नामावलीमा नाम नै नरहेकोप्रति मैले प्रदेशका इन्चार्ज हितमान शाक्य तथा संयोजक झक्कु सुवेदीसँग स्पष्ट हुन खोजेको घटनालाई हातपात भएको भनेर प्रचार भएको समाचारप्रति कुनै सत्यता नरहेको जानकारी गराउँछु । साथै पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य तथा संयोजक सुवेदीसँग मैले अन्यायपूर्ण रुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनाधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको र स्पष्ट हुन खोजेको भने सत्य रहेको जानकारी गराउँदछु । साथै समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु ।

झम्क पराजुली केन्द्रिय सदस्य नेकपा माओवादी केन्द्र

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending