Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

लक्ष्मणलाल कर्ण भन्छन् 'प्रचण्डले चाहे जे पनि हुन्छ, नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन्'

\"\"काठमाडाैं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले यस्ताे बताएका हुन् । कर्णले भने ‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था छैन् ।’ एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धनमा को अध्यक्ष बन्ने र को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले कुनै निश्चित नभएको जिकिर गरे । उनले भने,‘को के बन्ने भन्ने कुराको कुनै निश्चित छैन, यो कुरा गर्भमै छ ।’ साक्षात्कारमा उनले आफूहरु पनि सरकारमै जानको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने,‘मैले धेरै पहिल यही क्लबको मञ्चमा भनेको थिएँ, हामीले राजनीति गरेको कुनै साधु वा सन्त बन्नकोलागि होईन, राजनीतिको मुल कोर्स भनेको नै सरकार हो नि ।’ यद्धपी उनले आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे । नेता कर्णले भने,‘हामी त अहिले पनि आन्दोलनमै छौं, यो निर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गरेको हो, अब हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन् ।’ उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको विश्वास दिलाए । उनले भने,‘मैले माथि भनेकोजस्तो यी दुई मुद्दामा वचनवद्धता दिए, हामी अलमलमा पर्दैनौं, सरकारमा जान्छौं ।’ सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित आफ्ना नेता रेशम चौधरीले पुष्टि गसिकेको पनि उनले जिकिर गरे । ‘त्यसैले अबको सरकारले झुठा मुद्दा फिर्ता गर्नुपर्छ, धेरै कामहरु यसअघिका सरकारले गरिसकेको छ, अब आउने सरकारले निर्णय गरे हुन्छ–कर्णले थपे ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली पनि यही देशको पार्टीका नेता भएकोले उनीप्रति आफूहरुको कुनै बहिरभाव वा तुष नरहेको स्पष्ट पारे । उनले भने,‘हामी कसैलाई साथ वा कसैलाई बाईकट भन्दापनि ईस्युमा केन्द्रित छौं।’ त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलको सरकार बन्ने पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending