Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

सामुदायिक विद्यालयले गर्यो जलविद्युतमा लगानी

\"\"काठमाडौं । के सामुदायिक विद्यालय कमजोर छन् भन्ने ठान्नुभएको छ, कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत हुनेछ । किनकी केहि सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगानी गर्न सक्ने भइसकेका छन् । बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिकाशरण माविले म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा रु नौ लाख ५० हजार लगानी गरेको छ । कानूनीरुपमा शुल्क उठाउन नपाउने सामुदायिक विद्यालयले चन्दा सहयोग र अतिरिक्त आम्दानीलाई उपयोग गरी कालिका माविले गुणस्तरमा समेत नमूना प्रस्तुत गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले आफ्नो छोराको विवाहको भोज खर्च कटाएर सो रकम आयोजनालाई दिई त्यसको शेयर सदस्यता विद्यालयलाई हस्तान्तरण गरेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले गर्न चाहेमा सामुदायिक विद्यालयले स्रोत जुटाउन र शैक्षिकस्तर बढाउन सक्ने उदाहरण सामुदायिक विद्यालयले दिन थालेको बताए । यसले गर्दा क्रमशः सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको छ । बुटवलमा लुम्बिनी ह्याचरी प्रालिका सञ्चालक रहेका गलामीले छोरा मनोज गलामीको गत वर्ष भएको विवाहमा तडकभडक खर्च नगरी आफू छ वर्षदेखि अध्यक्ष रहेको विद्यालयमा रु ११ लाख रकम सहयोग गरेका हो । सोमध्ये करिब रु तीन लाख विद्यालयको अक्षयकोष र बाँकी जलविद्युत्मा लगानी गरिएको हो । १४ मेघावटको सो आयोजनाले उत्पादन शुरु गरेपछि आउने नाफा गरिब र जेहेन्दार विद्यालयलाई पढाउन तथा अन्य काममा प्रयोग गर्ने प्रधानाध्यापक होम पाठकले बताए । ‘हाइड्रोमा गरिएको लगानीको इच्छापत्र अध्यक्षबाट विद्यालयलाई प्राप्त भएको छ, यसले विद्यालयको व्यवस्थापनलाई थप उत्साहित बनाएको छ,’ उनले भने । सो इच्छापत्र यही पुस ७ गते विद्यालयमा आयोजित ५७ औँ वार्षिकोत्सवका अवसरमा हस्तान्तरण गरिएको थियो । विद्यालयले विभिन्न सटरबाट पनि मासिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छ । सटरको आम्दानीबाट विज्ञान प्रयोगशाला सञ्चालित छ । हुने खानेका छोराछोरी निजी विद्यालयमा पढ्न थालेका कारण सामुदायिक विद्यालयमा विद्यार्थी घटेको र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालय अस्तव्यस्त भएको आलोचना भइरहेका बेला कालिका माविले मुलुकभरकै सम्भवतः बढी विद्यार्थी हुने विद्यालयको दर्जामा रहेको छ । सो विद्यालयमा हाल चार हजार ३६८ विद्यार्थी र १८३ शिक्षक छन् । कतिपय निजी विद्यालयको तुलनामा शैक्षिकस्तरमा प्रायःसामुदायिक विद्यालय पछाडि परेको पाइएपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पढाउने, प्रयोगशाला विस्तार गर्ने, निजी स्रोतमा शिक्षक राख्ने तथा मेहनत गरेर गुणस्तर सुधारमा लागेका छन् । सरकारले माविसम्म निःशुल्क पढाउनुपर्ने व्यवस्था गरेको तर कालिका माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकबाट मासिक रु ३०० देखि ६०० सम्म सहयोग शुल्क उठाएर विद्यालय चलाएको छ । विद्यालयले शैक्षिक सुधारका लागि ब्रिटिश काउन्सिल, नेपालस्थित भारतीय दूतावासलगायत निकायबाट पनि सहयोग लिइरहेको छ । प्रधानाध्यापक पाठकले नजिकैको कमजोर विद्यालय मानविज्ञान सामुदायिक विद्यालय गाभ्न तथा व्यवस्थापन सुधार्न कालिका माविले  उपमहानगरपालिकासँग सहमति लिइसकेको पनि बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending