दक्षिण अफ्रिकामा सत्ताधारी अफ्रिकी न्यासनल कंग्रेस पार्टीको नयाँ नेता चयन गर्न भएको चुनावमा मतगणना भइरहेको छ । उक्त एकदमै विभाजनकारी प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारहरु सिरिल रामाफोसा र एनकोसाजाना द्लामीनी जुमा हुन् । रातभर चलेको निर्वाचन प्रक्रियामा झण्डै ५ हजार प्रतिनिधिले मतदान गरेका थिए । एएनसी पार्टीको नेतृत्वमा हाल राष्ट्रपति जेकब जुमा रहेका छन् ।
उपराष्ट्रपति सिरिल रामाफोसा र पूर्वमन्त्री एनकोसाजाना द्लामिनी जुमाबीचको प्रतिस्पर्धाले पार्टीलाई नराम्रोसँग विभाजित तुल्याएको छ । मतदान प्रक्रियाबारे आपत्ति प्रकट गर्दा परस्पर विरोधी प्रतिनिधिहरुले एकअर्काविरुद्ध चिच्याइ-चिच्याइ टिप्पणीहरु गरेका थिए । अफ्रिकी न्यासनल कंग्रेसले २३ वर्षअघि दक्षिण अफ्रिकाले प्रजातन्त्र प्राप्त गरेयता देखि नै देशको शासनभार सम्हाल्दै आएको छ । यो निर्वाचनबाट विजयी भएर निस्कने नेता नै सन् २०१९ मा हुने आम निर्वाचनमा राष्ट्रपति बन्न सक्ने बलियो अवस्थामा हुनेछन् । तर पार्टी नेतृत्वको संघर्षका क्रममा चरम आन्तरिक द्वन्द्व देखा परेको छ र उक्त निर्वाचनअघि नै पार्टी विभाजित हुने त होइन भन्ने आशंका समेत व्यक्त भइरहेको छ । यो निर्वाचनको परिणामले एएनसी पार्टीको भविष्य पनि निर्धारण गर्नेछ । सन् २००९ देखि पार्टी नेतृत्वमा रहेका जेकब जुमाले नै पार्टी ठूलो संकटमा परेको र एउटा दोबाटोमा उभिएको अवस्थामा रहेको बताइसकेका छन् । पार्टी नेताका रुपमा दिएको आफ्नो अन्तिम भाषणमा शनिबार बोल्दै उनले पार्टीभित्र देखा परेको उनकै शब्दमा सानातिना झगडाहरुको निन्दा गरेका थिए । बीबीसीका एन्ड्रयू हार्डिङ भन्छन्, एएनसी पार्टी अवसानै हुने गरी पतनको बाटोमा लागेका त होइन भन्ने प्रश्न पनि उठेको छ । सँगसँगै दक्षिण अफ्रिकाको स्थायित्व र त्यसको भविष्यका लागि यो चुनावको नतिजाको अर्थ के होला भन्नेमा पनि चर्चा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: