Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

\"\"काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक राजधानीका लागि आन्दोलन र चक्काजाम सुरु भइरहँदा मुख्य मन्त्री बन्न पनि नेताहरुबीच दौडधुप तीब्र भएको छ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् । अाजकाे अन्नपूर्णमा खबर छ-वाम गठबन्धन बनाएर चुनाव लडेपछि दुईतिहाइ बहुमत ल्याएका यी दुई दलले प्रदेशको मुख्यमन्त्री पनि भागवण्डा गर्ने तयारी गरेका छन् । जसमा प्रदेश १, ३, ४ र ५ एमालेको भागमा पर्ने करिब पक्का जस्तै छ भने ६ र ७ मा माओवादी केन्द्रले दाबी गरिरहेको छ । अर्कातिर प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेकाले उनीहरु नै सरकार निर्माणको तयारीमा छन् । यो अवस्थामा प्रदेश १ देखि ७ सम्मका मुख्यमन्त्रीका दाबेबार अनुहारबारे हामी यहाँ चर्चा गर्दैछौँ । प्रदेश १ : शेरधन र भीम प्रदेश नम्बर १ मा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सचिव भिम आचार्य मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा रहेका छन् । राई भोजपुरको प्रदेश सभा(ख) बाट निर्वाचित भएका हुन् भने आचार्यले सुनसरी क्षेत्र नम्बर १(ख) बाट चुनाव जितेका छन् । ९३ सिट रहेको प्रदेश १ मा ५२ सिट जित्दै एमालेले बहुमत ल्याएको छ । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले १५ सिट जितेको छ । एमालेको एकल बहुमत भएको अवस्थामा यहाँ वाम गठबन्धनको दुईतिहाइ बहुमत हुन्छ । प्रदेश २ मा राउत र सोनाल मधेसवादी दलको झिनो बहुमत रहेको प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैगरी राजपाका महासचिव मनिष सुमन र नेता जितेन्द्र सोनलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । प्रदेश २ मा प्रत्यक्षमा फोरमले २० सिट र राजपाले १५ सिट जितेको छ । राजपा र फोरम दुवैले समानुपातिकमा ९-९ सिट पाउने सम्भावना छ । यो अवस्था यहाँ दुई दलको बहुमत पुग्छ । प्रदेश २ मा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी कुल १०७ सिट छ । प्रदेश ३ मा महिलाको दाबेदारी अन्य प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको चर्चा न्यून रहेका बेला प्रदेश नम्बर ३ मा भने महिलाको बलियो दाबेदारी छ । प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीमा महिलाको नाम चर्चामा आएको हो ।
मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ८(ख) बाट विजयी अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छन् । मुख्यमन्त्री हुने चाहनामा नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश सभाबाट चुनाव लडेकी हुन् । शाक्यका साथै प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ र केशव स्थापित पनि चर्चा छन् । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । ११० सिट रहेको यहाँ एमालेले मात्रै ५९ सिट जित्दा माओवादी केन्द्रले २४ सिट जितेको छ । यो अवस्थामा यहाँ वाम गठबन्धनको मात्रै दुईतिहाइ हुन्छ । प्रदेश ४ मा दुई गुरुङ प्रदेश ४ मा मुख्यमन्त्रीका लागि एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र अर्का नेता किरण गुरुङ दाबेदार छन् । एमाले सचिव गुरुङ लमजुङ प्रदेश सभा(ख) बाट बिजयी भएका हुन् । अर्कातिर किरण गुरुङ तनहुँ क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका छन् । ६० सिट रहेको प्रदेश ४ मा एमालेले २७ र माओवादी केन्द्रले १२ सिट जितेको छ । यो प्रदेशम वाम गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेश ५ मा शंकर पोखरेल बलियो प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीमा प्रबल दाबेदार हुन् । उनी दाङ क्षेत्र २(क) बाट विजयी भएका हुन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको लागि दाबेदारी प्रस्तुत गरेका छन् । कुल ८७ सिट रहेको प्रदेश ५ मा एमालेले ४४ सिट जित्दा माओवादीले २२ सिट जितेको छ । प्रदेश ५ समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेश ६ मा शाही र भण्डारी प्रदेश नम्बर ६ मुख्यमन्त्रीमा लागि माआवोदी केन्द्रका नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारी प्रमुख दाबेदार छन् । शाही कालिकोट प्रदेश सभा(ख)बाट निर्वाचित भएका हुन् भने भण्डारी जुम्ला प्रदेश सभा(क) मा बिजयी भएका हुन । यहाँ एमाले नेता प्रकाश ज्वाला र यामलाल कंडेलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । प्रदेश ६ मा समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ । ४० सिट रहेका प्रदेश ६ मा एमालेले २० सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ । प्रदेश ७ मा वीरमान र कर्णबहादुर माओवादी भाग पर्ने सम्भावना रहेको प्रदेश नम्बर ७ मा वीरमान चौधरी मुख्यमन्त्रीको लाइनमा छन् । चौधरी कैलाली क्षेत्र नम्बर ३(क) बाट निर्वाचित भएका छन् । एमालेका नेताहरु कर्णबहादुर थापा, दीर्घ सोडारी र प्रकाश शाह लगायतको नाम समेत मुख्यमन्त्रीको चर्चामा छ । मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका केन्द्रीय सदस्य थापा समानुपातिक सूचीमा छन् । कुल ५३ सिट रहेको प्रदेश सातमा एमालेले २४ सिट जितेको छ भने माओवादीले १४ सिट जितेको छ । प्रदेश ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । सात प्रदेशमध्ये प्रदेश नम्बर ३ बाहेक अरु कुनै प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको नाम चर्चामा समेत छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending