Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

धरावासी 'फ्रम' अमेरिका

\"\"धरावासी अमेरिका गए । यो ४ वर्षअघिको कुरा हो । अहिलेको कुराचाहिँ उनी अमेरिकामै छन् । काम गर्दैनन् । अर्थात्, डलर कमाउनतिर लागेका छैनन् । अपार्टमेन्टमा बसेर लेखिरहन्छन् । लेख्ने उनको काम भएकाे नयाँ पत्रिकामा खबर छ । अमेरिका बसेर लेख्छन् र छाप्न नेपाल आइपुग्छन् । पहिलोपटक अमेरिका गएको पाँच महिनामा नै फर्किए । साथमा थियो, यात्रा संस्मरण, ‘कागजको मान्छे’ । युरोप भ्रमणबारे लेखिएको यो यात्रा संस्मरण उनले अमेरिकामै तयार पारेका थिए । प्रकाशनका लागि नेपाल आउँदा भने उनलाई ऋण लाग्यो, एक हजार ५० डलर, प्लेन भाडा । उनी हरेक पाँच वा ६ महिनामा नेपाल आउँछन् । भन्छन्, ‘अमेरिकामा मलाई कसैले चिन्दैन, म लेखक हुँ भन्ने कुरा अमेरिकाले स्विकार्दैन, त्यहाँ अंग्रेजी भाषाका एकसे एक लेखक छन् । तिनीहरूसँग त भेट गर्नसमेत गाह्रो रहेछ ।’ आफ्नो पहिचान अमेरिकामा हुन नसक्ने धरावासीले बुझिसकेका छन् । तैपनि अमेरिकामै बसिरहेका छन् । अनि नेपाल नि ? जे छ यतै त छ । त्यसैले नेपाल आइरहन्छन् । आउँदा साथमा एउटा न एउटा पाण्डुलिपी पनि हुन्छ । आफैँ छपाउँछन् । विमोचन गराउँछन् । ५–६ महिना बस्छन् । जान्छन् । वर्षमा आधा यता, आधा उता । उनी पछिल्लोपटक नेपाल आउँदा सँगै ‘तल्लो बाटो’ उपन्यास लिएर आए । यो नेपालबाट जमिनमार्ग हुँदै अमेरिका जानेहरूको कथा हो । जो ज्यानको बाजी लगाएर १० महिनासम्म लगाएर पनि अमेरिका छिर्छन् । त्यतिवेलासम्ममा ३० देखि ४० लाख खर्च भइसकेको हुन्छ । तर, कतिसम्म खतरा मोल्नुपर्छ भने, अमेरिका छिर्ने अन्तिम अवरोध मेक्सिकोको पर्खाल नाघ्दै गर्दासम्म पनि ज्यान सुरक्षित हुँदैन । तल्लो बाटो लेख्ने क्रममा उनले भाग्दै अमेरिका पुगेका १० जनासँग कुराकानी गरे । कुराकानी सहज थिएन । उनी सम्झिन्छन्, ‘बाटोमा भोगेका दुःख भन्न उनीहरू सक्दैन थिए । भन्दाभन्दै भक्कानिन्थे । डाँको छाडेर रुन्थे । कतिपटक त उनीहरूसँगै म पनि रोएँ । एकजनासँग कुरा गर्न हप्तौँसम्म पनि लाग्यो ।’ तर, उनले तल्लो बाटोको रहस्य खोलिछाडे । धरावासी भने माथिल्लो बाटोबाटै अमेरिका पुगेका थिए । अर्थात्, आकाशमार्गबाट । त्यसो त अमेरिका जाने निर्णयले धरावासीको खुब आलोचना भएको थियो । उनी नेपालमा कहाँ फुर्सदिला थिए र ? मान्छेहरू भेटघाटका लागि पुगिरहन्थे । कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा निम्त्याइन्थे । सम्मान थापिरहन्थे । लेखक, पत्रकारबाट घेरिएका हुन्थे । लेखनका लागि समय निकाल्नै हम्मे हुन्थ्यो । यो माया उनले लेखेरै कमाएका थिए । धरावासी, मदन पुरस्कार विजेता लेखक । लीला लेखनका अभियन्ता । उनका निबन्धले नेपाली निबन्ध लेखनमा छुट्टै शैलीको विकास गरेको छ । इन्द्रबहादुर राईलगायतले दार्जिलिङमा सुरु गरेको लीला लेखनलाई उनले नेपालमा संस्थागत नै गरे । अचानक उनले कृषि विकास बैंकबाट स्वैच्छिक अवकास लिए । पूर्णकालीन लेखक हुने उद्देश्य थियो । दुई वर्ष लेखेरै बसे । त्यसपछि काठमाडौंमा हल्ला फैलियो, ‘धरावासी अमेरिका भासिँदै छन् ।’ धेरै साथीले नजान सुझाए । उनले टेरेनन् । त्यसबापत आलोचना खेपे । अमेरिका जानुमा उनी आफ्नै बाध्यता सुनाउँछन् । उनी आफ्नो बाध्यता सुनाउन श्रीमती सीताको मृत्युसम्म फर्किन्छन् । श्रीमतीको मृत्युले खुब छटपटाएका थिए । छटपटीमै डेढ वर्ष बितेको थियो । उनले साथीभाइ र छोराछोरीकै सल्लाहमा दोस्रो बिहे गरे । केही समयपछि छोराछोरी नै अमेरिका गए । श्रीमतीले पनि जाने रहर गरिन् । छोरीछोरीले ‘हामीलाई अभिभावक चाहिन्छ, तपाईं आउनुपर्छ, तपाईं आइदिए हामीलाई धेरै सहज हुन्छ’ भने । छोराछोरीलाई सहज हुन्छ भने ढिपी गरेर नेपाल नै किन बसिरहने ? बसिरहनुको खास कारण देखेनन् । आफ्नै पनि उमेर ढल्किँदै थियो । अनि, छोराछोरीका लागि भन्दै उनी अमेरिका हानिए । अमेरिकामा पनि लेख्ने काम भने छाडेनन् । उनलाई तिनै अमेरिकामा लेखेका कृति छपाउने बहाना मिलेको छ, नेपाल आउन । पहिलोपटक आए, ‘कागजको मान्छे’ छापेर गए । दोस्रोपटक आए, ‘रेड स्क्वायर’ छापे । यो यात्रा संस्मरण हो । तर, अमेरिकाको होइन । उनी अमेरिकाका विभिन्न प्रान्त डुलेर आफ्नै कथामा बनेको फिल्म ‘झोला’ प्रदर्शन गरिरहेका थिए । त्यति नै वेला रुसबाट निम्ता आयो । रुस भ्रमणपछि अमेरिका फर्किए र यात्रा संस्मरण लेखे, ‘रेड स्क्वायर’ । अनि नेपाल आएर प्रकाशित गरे । यो फिल्म प्रदर्शनीको बहानामा उनी अमेरिकाका धेरै राज्य पुगे । त्यहाँ संसारभरका मान्छे देखे । नेपाली मात्र होइन, युरोपियन, जापानिज, कोरियन, चाइनिज, अफ्रिकनहरूले पनि अमेरिका बस्न मरिहत्ते गरेको देखे । सबैको खोजी गर्न सम्भव थिएन । अमेरिका बसिरहेका नेपालीबारे बुझ्न थाले । कोही अध्ययन भिसामा गएका, कोही डिभी परेर गएका, कोही भिजिट भिसामा गएर उतै बसेका । धेरै थरीका मान्छे भेट भए । भिजिट भिसामा गएकाहरू नेपालमा द्वन्द्वका कारण असुरक्षित भएको भन्दै शरणार्थी भएका थिए । बस्ने बहाना न चाहिएको थियो । अमेरिकामा सबै खुसी भने छैनन् । यताजस्तै त्यता पनि मान्छेका आफ्ना–आफ्ना दुःख छन् । नेपालमा बसेर सोचेजस्तो सहज छैन, त्यहाँको जीवन । अमेरिका पुगेका नेपालीको दुःख खोज्दाखोज्दै जन्मियो, उपन्यास ‘ग्रेट फल्स’ । जसले फेरि धरावासीलाई नेपाल ल्याइपु¥यायो । छाप्न र विमोचन गर्न । ग्रेट फल्समा जमिनको बाटो अर्थात् तल्लो बाटो भएर अमेरिका पुग्नेहरूको कथा अटाएन । किनभने, त्यो अमेरिका पुगिसकेका नेपालीको कथा थियो । तर, तल्लो बाटोको कथा त दर्दनाक थियो । त्यसबारे ग्रेट फल्स लेख्न सुरु गर्दा नै धरावासीले थाहा पाइसकेका थिए । जमिनको बाटोबाट अमेरिका ताकेका कतिपय बीच बाटोमा नै मरेका थिए । अमेरिका पुगेकाहरू पनि ती दिन सम्झिँदा धुरुधुरु रुन्थे । ग्रेट फल्स लेखिसकाउँदा उनको अर्को उपन्यास तल्लो बाटो पनि आधाउधी सकिइसकेको थियो । अमेरिका बसाइका क्रममा उनले उपन्यास र निबन्ध मात्र लेखेका छैनन् । इन्द्रबहादुर राईहरूले सुरु गरेर उनले पच्छ्याएको लीला लेखनलाई पनि सैद्धान्तीकरण गर्न भ्याएका छन् । गत वर्ष नेपाल आउँदा उनले लीला लेखकसम्बन्धी दर्शनको पुस्तक लिएर आए ‘लीलाबोध’ । लाग्छ, अमेरिका उनको गुप्तवास हो । उनी लेख्नकै लागि गुप्तवासमा छन् । ६ महिनापछि निस्किन्छन् र पाठकलाई नयाँ पुस्तक उपहार दिन्छन् । त्यसो त अमेरिकामा उनलाई लेख्ने वातावरण पनि मिलेको छ । भन्छन्, ‘नेपालमा जस्तो कार्यक्रमतिर बोलाइरहँदैनन्, सबै आफ्नो काममा व्यस्त हुन्छन्, त्यसकारण लेख्ने समय पर्याप्त पाएको छु ।’ छोराछोरी बिहानै उठेर काममा जान्छन् । श्रीमतीलाई पनि कामबाट फुर्सद छैन । उनको काम नातिनातिना स्कुल पठाउनु हो । त्यसपछि दिनभरि फुर्सद । अनि कोठामा मधुर स्वरमा संगीत बजाउँछन् र आफूचाहिँ लेख्न, पढ्न बस्छन् । खानेकुरा फ्रिजमा हुन्छ । भोक लाग्यो भने पनि कुनै समस्या छैन । न त किन्न जानुपर्ने, न पकाउने झन्झट । त्यसकारण लेखिरहन्छन्, पढिरहन्छन् । कहिलेकाहीँ नेपालको याद आउँछ । नेपाली गीत सुन्छन् । नेपालका समाचार हेर्छन् । यु–ट्युब खोलेर फिल्म हेर्छन् । उनलाई सबैभन्दा बढी त अमेरिका पुगेको पहिलो दिनको घटना याद आइरहन्छ । सन् २०१३ । चारजना थिए । चारैजना पहिलोपटक अमेरिका उत्रिएका । प्लेनले फिलाडेल्फिया पु¥यायो । जानुपर्ने अलावा । दुई घण्टा मात्र ट्रान्जिट रहेछ । इमिग्रेसन पार गर्न नै झन्डै ४ घण्टा लाग्यो । जहाज उडिसकेछ । धरावासीले एयरलाइन्समा गएर गुनासो गरे । अर्को जहाज भोलिपल्ट बेलुका मात्र उड्ने रहेछ । एयरलाइन्सले अर्को विकल्प पनि दियो, ट्रेनको । ट्रेनबाट २४ घण्टा लाग्ने रहेछ । जहाजबाटै जान भोलिपल्टसम्म पर्खिनुपर्ने । कहाँ बस्ने भन्ने समस्या थियो । ‘हाम्रो कारणले जहाज छुटेको होइन, तपाईंहरूकै कारणले हो, हामी व्यवस्था गर्न सक्दैनौँ,’ एयरलाइन्सको मान्छेले ठीकै भनेको थियो । फिलाडेल्फियामा सहयोग गर्ने कोही थिएन । होटल कहाँ छ भन्ने पनि थाहा थिएन । कसरी कोसँग सहयोग माग्ने ? विदेशी भूमि न भाषा मिल्छ, न कसैलाई कसैको मतलब नै छ । चारमध्ये एकजना वृद्धा थिइन्, नातामा धरावासीको सासू पर्ने । उनलाई ह्विलचेयरमा लगिएको थियो । त्यहाँको नियमअनुसार ह्विलचेयरको मान्छेलाई एयरलाइन्सले वास मिलाइदिनुपर्नेरहेछ । एयरलाइन्सले आमालाई त होटेल खोजिदिने भयो तर, आमाले भाषा नबुझ्ने । ८० वर्ष नाघिसकेकी वृद्धाले जे पायो त्यही खानेकुरा खाने कुरै थिएन । ह्विलचेयरमा बस्ने मान्छेलाई एक्लै शौचालय जान पनि समस्या । धरावासीले आमालाई छुट्याएर लैजान नदिने अड्डी कसे । उनीहरूले पनि एउटा उपाय सुझाए । आमालाई उनीहरूले होटेलमा लगिदिने भए । त्यही होटेलवालालाई धरावासीले कोठाको लागि आग्रह गर्नुपर्ने भयो । उनले त्यसै गरे । तर, होटेलमा थप कोठा खाली रहेनछ । आमालाई राख्ने भनिएको कोठामा दुईवटा बेड रहेछन् । धरावासीले बाउ–छोरा एउटा बेडमा र आमा–छोरी अर्को बेडमा सुत्ने प्रस्ताव राखेछन् । सुनेर होटेलका कर्मचारी छक्क परेछन् । अमेरिकामा एउटै लिंगका मान्छे सँगै सुत्दैनन् । समलिंगी भए मात्र त्यसरी सुत्छन् । तर, होटेलका कर्मचारीले भने उनको प्रस्तावमा ‘अब्जेक्सन’ जनाएनन् । घटना यत्ति थियो । यसले धरावासीलाई भने अमेरिका चिनाउन मद्दत ग¥यो । किनभने अमेरिका टेकेकै दिनबाट नयाँ संघर्ष सुरु भइसकेको थियो । धरावासीले हरेक संघर्षमा जित हासिल गर्दै गए । नेपाली पाठकलाई निरास पारेनन् । लेखिरहे, लेखिरहे । प्रत्येकपटक आउँदा केही नयाँ लिएर आउँछन् । अहिलेपनि धरावासी अमेरिकामा नै छन् । सायद, कुनै पाण्डुलिपी तयार पार्दैछन् कि !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending