Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

निर्वाचन परिणामको असर आरोप–प्रत्यारोपमा कांग्रेस नेता

\"\"काठमाडाैं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए । आजको राजधानीमा खबर छ-‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नुपर्‍यो, यसको जवाफ नेतृत्वले दिनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने । केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन्। पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्वमाथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन् । ‘लिडरसिपमा दोष थुपारेर अरू पन्छन मिल्दैन, आफूले पार्टीका लागि के गरें भनेर पनि हेर्नुपर्छ, नेतृत्वमाथि विवाद गर्ने खालका कुरा गर्नु ठीक होइन,’ नेता रिजालले भने । नेता अर्जुननरसिंह केसी आरोप–प्रत्यारोपभन्दा हारको कारक पत्ता लगाएर समाधान खोज्नुपर्ने निष्कर्षमा छन् । नेता, नीति र नेतृत्व सबै जिम्मेवार भएर निर्वाचन परिणामको समीक्षा गर्नुपर्ने उनको धारणा छ । कांग्रेस युवा नेता रामहरी खतिवडा मन्त्री बनाउँदा भागबन्डा खोज्ने सबै नेताले हारको नैतिक जिम्मेवारी लिन तयार हुनुपर्ने बताउँछन् । उनले मन्त्री बनाउन भाग खोज्नेहरू नै अहिले परिणामलाई लिएर पन्छिन खोजेको समेत दाबी गरे । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन डाक्नुपर्नेसम्मका माग उठ्न थालेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि निर्वाचन परिणामको समीक्षा गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन दबाब बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले निर्वाचन सकिएलगत्तै सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेको भन्दै छिटो बैठक बोलाइनुपर्ने बताए । ‘मैले निर्वाचन सकिएपछि नै सभापतिज्यूलाई केन्द्रीय समिति बैठक बोलाउन भनेको हुँ, परिणाम पार्टीका पक्षमा आएन, बैठक बोलाएर आफ्नो काम गरौं, केमा कमजोरी भयो गम्भीर छलफल गरौं भनेको छु,’ उनले भने, ‘तुरुन्तै बैठक बोलाइनुपर्छ ।’ नेता अर्जुननरसिंह केसीले निर्वाचनको परिणामपछि महासमिति बैठक बोलाउने वा विशेष महाधिवेशन बोलाउने भन्नेमा समेत नेताहरूले धारणा सार्वजनिक गर्न थालेको भन्दै त्यसका लागि तत्कालै केन्द्रीय समिति बैठक बोलाइनुपर्ने बताए । ‘पार्टी विधिबाट चल्नुपर्छ, अब कसरी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकबाटै हुनुपर्छ, त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाइनुपर्छ,’ नेता केसीले भने । कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले यसअघिनै विशेष महाधिवेशन बोलाउन माग गरिसकेका छन् । कांग्रेसको अप्रत्याशित पराजयसँगै केन्द्रदेखि जिल्लासम्म नेतृत्वको आलोचना सुरु भएकाले केन्द्रीय समिति बैठक बसेर गम्भीर समीक्षा हुनुपर्ने भन्दै विभिन्न नेताले नेतृत्वमाथि दबाब दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending