Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

निर्वाचन समीक्षा गर्दै साना दल

\"\"काठमाडाै‌ं । अघिल्लोपटक संसद्मा २३ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए, अहिले त्यो संख्या पाँचमा झरेको छ । चार राजनीतिक दलका एक/एकजना सांसद स्वतन्त्र सांसदको हैसियतमा संसद्मा उपस्थित हुने भएका छन् । अघिल्लो रूपान्तरित संसद्मा २१ दल रहेकोमा पछि गठन भएको नयाँ शक्ति पार्टीमा एक सांसद प्रवेश गरेपछि सो दल संसद्मा दर्ता भएर २३ पुगेको थियो । अाजकाे नयाँ पत्रिकामा खबर छ-अबको प्रतिनिधिसभामा राष्ट्रिय दलको हैसियतमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल मात्रै सहभागी हुनेछन् । त्यस्तै, राप्रपा, जनमोर्चा, नेमकिपा र नयाँ शक्तिका प्रत्यक्षतर्फ निर्वाचित एक÷एक सांसदले स्वतन्त्र सांसदको हैसियतमा संसद्मा प्रवेश पाउने भएका छन् । संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधानअन्तर्गत बनाइएको राजनीतिक दलसम्बन्धी नियमावलीमा तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएपछि केही दल ठूला पार्टीमा विलय भएका थिए । एकीकृत नभएका साना दलले नियमावलीमा तोकिएअनुरूप मत नल्याएपछि संसद्मा पुग्न र राष्ट्रिय दलको हैसियत बनाउन चुकेका छन् । यतिसम्म कि, २०७० सालमा भएको दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ एउटा सिट नजिते पनि समानुपातिक प्रणालीबाट राम्रो मत ल्याएर चौथो दल बनेको राप्रपासमेत यो निर्वाचनमा राष्ट्रिय दल बन्न सकेन । उसले प्रत्यक्षतर्फ झापा–३ मा एउटा सिट जित्यो । तर, समानुपातिकतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट चुक्यो । त्यस्तै, गत साउनमा राप्रपाबाट फुटेर निर्माण भएको राप्रपा (प्रजातान्त्रिक)ले पनि संसद्मा आफ्नो प्रतिनिधि पु¥याउन सकेन । प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको सो दलले समानुपातिकतर्फ पनि कुल खसेको मतको तीन प्रतिशत पु¥याउन सकेन । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्तिले प्रत्यक्षतर्फ एक/एक सिट जिते पनि समानुपातिकतर्फ कुल खसेको मतको तीन प्रतिशत पु¥याउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेनन् । राष्ट्रिय जनमोर्चाले प्युठान, नेमकिपाले भक्तपुर–१ र नयाँ शक्ति पार्टीले गोरखा–१ बाट प्रत्यक्षतर्फ जितेका छन् । अघिल्लोपटक संसद्मा प्रतिनिधित्व गरेको परिवार दल एमालेमा र नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएका छन् । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भए । लोकतान्त्रिक फोरम कांग्रेसमा विलय हुनुअगावै सो दलमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) र दलित जनजाति पार्टी नेपाल विलय भएका थिए । निर्वाचनको समीक्षा गर्न पुस दोस्रो साता राजमोको बैठक बस्दै राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न पुस दोस्रो सातादेखि बैठक बोलाउने तयारी गरेको छ । पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएर निर्वाचन समीक्षालगायत आगामी पार्टीले अपनाउने रणनीतिका विषयमा निर्णय गरिने अध्यक्ष चित्रबहादुर केसीले बताए । राजमोले प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई सिट मात्र जितेको छ । ‘सरकारमा जाने/नजाने विषयमा पार्टीले निर्णय गरेको छैन,’ केसीले भने, ‘हामीले वाम गठबन्धनकै सरकार बनोस् भन्ने अपेक्षा गरेका छौँ । यदि गठबन्धनकै सरकार बन्यो भने राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्छौँ ।’ वाम गठबन्धनले संविधानको कार्यान्वयनसँगै भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन दिनुपर्ने केसीको सुझाब छ । नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा नेपाल मजदुर किसान पार्टीले सत्तामा नगई प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता प्रेम सुवालले बताए । ‘हामीले घोषणापत्रमै निर्वाचनमा राम्रो/नराम्रो जस्तोसुकै नतिजा आए पनि देश र जनताका लागि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेका थियौँ,’ सुवालले भने, ‘सोहीअनुसार प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्छौं ।’ नेमकिपाले प्रतिनिधिसभा र प्रदेश सभामा एक–एक सिट जित हात पारेकोे छ, तर समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी हुनबाट वञ्चित भएको छ । पार्टी जीवनकै समीक्षा गर्दै नयाँ शक्ति पार्टी स्थापनादेखि अहिलेसम्म भएका विविध गतिविधिका सम्पूर्ण विषयमा समीक्षा गर्न पुस दोस्रो साता बैठक बोलाएको नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठले बताए । ‘हामी निर्वाचन मात्र नभई पार्टी जीवनकै सफलता/असफलतालगायत विविध विषयमा बैठकमा छलफल गर्छाैं,’ उनले भने, ‘सबै विषयमा छलफल भएपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्छौं ।’ नयाँ शक्ति प्रतिनिधिसभामा एक सिट र प्रदेश सभामा दुई सिट जिते पनि राष्ट्रिय पार्टी हुनबाट वञ्चित भएको छ । दुई राप्रपा के गर्छन् ? यसपटकको निर्वाचनमा दुईवटै राप्रपाले अपेक्षित नतिजा हासिल गर्न सकेनन् । प्रत्यक्षतर्फ झापा–३ बाट एक सिट जितेको, तर समानुपातिकमा तीन प्रतिशत मत पु¥याउन नसकेको राप्रपाले हारको कारण पत्ता लगाएर अघि बढ्ने तयारी गरेको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले हार्नुमा तीन कारण भएको भन्दै त्यसलाई कसरी सुधार्ने भन्नेमा अब पार्टीको ध्यान केन्द्रित गर्ने बताए । ‘राप्रपाको सिद्धान्त जनताले ‘रिजेक्ट’ गरे कि हामीले सिद्धान्तलाई राम्रोसँग जनतासामु प्रस्तुत गर्न सकेनौँ, कार्यकर्तालाई परिस्कृत गरी पार्टीको पक्षमा माहोल बनाउन कहाँनेर चुक्यौँ भन्ने समीक्षा गरेर अघि बढ्छौँ,’ तामाङले नयाँ पत्रिकासँग भने । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट पुग्न नसकेको राप्रपा प्रजातान्त्रिकले अबका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाउने तयारी गरेको छ । ‘अब केन्द्रीय समिति बैठक बोलाएर पार्टी कहाँ चुक्यो, कहाँ त्रुटि भयो भन्ने केलाएर अघि बढ्ने रणनीति बनाउँछौँ,’ प्रवक्ता राजेन्द्र गुरुङले भने । अपेक्षित नतिजा नआएपछि पार्टी निर्माणमा जुट्ने मालेको तयारी निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी संगठन निर्माणमा लागिपर्ने मालेका महासचिव सिपी मैनालीको भनाइ छ । ‘हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गर्ने भनेका थियौँ,’ मैनालीले भने, ‘एमाले–माओवादीले विभेदकारी व्यवहार गरेकाले तालमेल हुन सकेन ।’ यी दुई दलसँग एकता नहुने उनको भनाइ छ । मालेको प्रतिनिधि र प्रदेश सभामा शून्य सहभागिता छ । विचार मिल्नेसँग सहकार्य गर्दै एकता गर्ने माओवादीको तयारी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विचार मिल्नेसँग सहकार्य गर्दै पार्टी एकता गर्ने तयारी गरेको छ । निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि माओवादीले क्रान्तिकारी शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना बनाएको हो । सो पार्टीको प्रदेश र प्रतिनिधिसभामा एक सिट पनि आएन भने समानुपातिकमा पनि तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै एकता गर्ने नेता सिपी गजुरेलले बताए । अरू साना क्रान्तिकारी पार्टीसँग सहकार्य र एकताका लागि छलफल गर्ने उनले बताए । ‘केही दिनपछि निर्वाचनको विषयमा पार्टीको बैठकमा छलफल गछौँ,’ गजुरेलले भने, ‘आगामी दिनमा कसरी जाने भन्ने विषयमा योजनासहित रणनीति बनाउँछौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending