Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

चुनावी कार्यसूचीः प्रादेशिक राजधानीका लागि पूर्वाधार

\"\"वीरेन्द्रनगर । यहाँका उम्मेदवारले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाएका छन् । निर्वाचन क्षेत्र नं २ का उम्मेदवार प्रदेश राजधानीलाई आवश्यक प्रशासनिक भवन, चार लेन सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइ, चक्रपथ र पर्यटन पूर्वाधारलगायत विषयलाई लिएर चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १–१४ वडा, पञ्चपुरी नगरपालिका तथा चौकुने र बराहताल गाउँपालिका पर्छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दलका १० जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै हुने देखिएको छ । कांग्रेसका उम्मेदवार हृदयराम थानी सुर्खेत उपत्यका प्रादेशिक राजधानी बन्ने लगभग निश्चित भएको जनाउँदै यसको व्यवस्थित र आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिए । पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री थानी भन्छन्, “खानेपानीको उचित व्यवस्था, चार लेनको सडक र काँक्रेविहारको मन्दिर निर्माण, नेपालगन्जदेखि सुर्खेतसम्म सडक विस्तार कार्य अघि बढाइसकेका छौँ ।” यस क्षेत्रका विकासका प्रमुख कार्य कांग्रेस नेृतत्वको सरकारले नै गरेको र आगामी दिनमा पनि काँग्रेसले मात्रै पहल गर्न सक्छ भन्ने जनतामा विश्वास भएको जिकिर गर्दै उहाँ आफू जित्ने उनको दाबी छ । विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जीतेको थियो । जनताकै साथमा रहेर विकासनिर्माणका काम गर्ने भएकाले यहाँका जनताले काँगे्रसलाई नै रुचाएको बताउँदै उनी भन्छन्, “छोटा र गुणस्तरीय सडकमार्फत प्रदेश नं ६ लाई उत्तरी र दक्षिणी छिमेकी मुलुकका नाकासँग जोड्ने योजना अघि बढाएका छौँ ।” यसअघि तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यस पटक दुई क्षेत्र निर्धारण गरिएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवार चुनावी नारासहित गाउँगाउँमा पुगेर मतदाता आकर्षित गर्न व्यस्त छन् । यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले पनि प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाएका छन् । उनी भन्छन् “वीरेन्द्रनगरदेखि बेनीघाटसम्मको सडक, जिल्लाको पश्चिम भेगका जनतालाई विद्युत् सुविधा, चौकुनेमा सिमेन्ट उद्योग स्थापना, सुर्खेत उपत्यकामा चक्रपथ निर्माण, व्यवस्थित सहरी बसोबास, काँक्रेविहारको प्रवद्र्धन हाम्रा प्रतिबद्धता हुन् ।” उम्मेदवार रावतले शिक्षा, स्वास्थ्य र जनतासँग प्रत्यक्ष रुपमा जोडिएका विषय, कृषिको व्यावसायिकीकरण र रोजगारीका कार्यक्रम आफ्ना प्रतिबद्धता भएको जानकारी दिए । एकातिर वाम गठबन्धन र अर्कोतिर विगतमा जित्ने नेताले खासै काम गर्न नसकेको आरोप लगाउँदै उहाँले अहिले एक चोटिलाई जनताले वाम गठबन्धनलाई हेर्न चाहेको जिकिर गरे । मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम सुर्खेतमा प्रादेशिक राजधानी रहने सम्भावनाले स्थानीयवासी हर्षित छन् । क्षेत्रीय सदरमुकामका संरचना यसअघि नै निर्माण भइसकेकाले पनि सुर्खेतमा प्रादेशिक राजधानीका लागि अन्य प्रदेशको तुलनामा सहज हुने अनुमान गर्न सकिन्छ । आफ्नै गाउँठाउँमा राजधानीको सुविधा पाइने र पूर्वाधार बन्ने आशामा स्थानीयवासीले सोहीअनुसार धमाधम घर बनाउने, जग्गा किन्ने लगायत योजना बुनिरहेको देखिन्छ । यस निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नं २ को (क)मा कांग्रेसका कमलराज रेग्मी र एमालेका यामलाल कँडेल भिड्दै छन् । त्यस्तै प्रदेश (ख)मा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरुका नारा पनि प्रादेशिक राजधानीका पूर्वाधार विकासमै केन्द्रित छन् । सुर्खेतको निर्वाचन क्षेत्र नं १ पूर्वी सुर्खेत हो । भेरीगंगा, लेकबेंसी र गुर्वाकोट नगरपालिका, चिङगाड र सिन्ता गाउँपालिकाका साथै वीरेन्द्रनगर नगरपालिकाका–१५ र १६ वडा यस क्षेत्रमा पर्छन् । जिल्लामा दुई लाख चार हजार ५७७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये क्षेत्र १ मा एक लाख एक हजार ६३७ तथा क्षेत्र २ मा एक लाख दुई हजार ९४० मतदाता छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE