Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

\"\"बाँके । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।” “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उनको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले जानकारी दिए । मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हँुदैछ तर अझै कतिपय मतदाताले भने मतपत्रको सङ्ख्या र मतपत्रमा कति छाप लगाउनुपर्छ भन्ने जानकारीसम्म पाउन सकेका छैनन् । सम्बन्धित निकायले यस बारेमा प्रभावकारी कार्यक्रम गर्न नसकेको मतदाताको गुनासो छ । नेपालगन्ज बिपी चोकका दिनेश ज्ञवालीलाई पनि मतपत्र र मतदान सम्बन्धमा खासै जानकारी छैन् । उनले भने, “मतदान प्रक्रियाका बारेमा सिकाउन कोही आएकै छैन्, आफँै कसरी थाहा पाउनु ।” उपमहानगरपालिका–८ का मतदाता राजु केवटले पनि मतदान गर्ने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले उम्मेदवारप्रति आक्रोश पोख्दै भने, “जसलाई भोट हाले पनि सबै जितेपछि काठमाडौँ जान्छन्, पैसा कमाउँछन्, हाम्रा समस्या केही बुझ्दैनन्, यसपालि त भोट हाल्ने मन पनि लागेको छैन् ।” खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन् । नेपालगन्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख शहर हो । यो उपमहानगरपालिका र सँगैको डुडुवा गाउँपालिका मिलाएर बाँकेको निर्वाचन क्षेत्र नं २ बनाइएको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सबै उम्मेदवार यस क्षेत्रमा शहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवारले नेपालगन्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधासम्पन्न शहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका वाचा गर्दै भोट माग्ने गरेका छन् । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय भएका थिए । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक दुवै निर्वाचन प्रणालीका जम्मा तीन मतपत्रमा चार छाप लगाउनुपर्छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, “ यस निर्वाचनमा हरियो, कालो र रातो मतपत्रमध्ये हरियो प्रतिनिधिसभाको हो भने कालो प्रदेशसभाको हो । दुवै मतपत्रमा एक÷एक स्वस्तिक छाप लगाउनुपर्छ । रातो मतपत्रमा समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई मतपत्र एक पानामा छन् त्यसमा माथि प्रतिनिधिसभाका लागि र तल प्रदेशसभाका लागि छुट्टाछुट्टै दुई छाप लगाउनुपर्छ । ” नेपालगन्ज–१६ की हामिदा अन्सारीले मतदान प्रक्रियाका बारेमा आफू जानकार भए पनि अशिक्षित र पिछडिएको समुदायमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताइन। सोही क्षेत्रका ७२ वर्षीय गफ्फार खाँले निर्वाचनमा जितिसकेपछि गरिबलाई कुनै पनि उम्मेदवारले नहेर्ने गरेको गुनासो पनि गरिन। दशकौँदेखि आफूलगायत धेरै परिवारले यस क्षेत्रमा बसोबास गरे पनि हालसम्म लालपुर्जा नपाएको उनको भनाइ थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE