Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

भोट माग्न मतदाताका घरदैलोमा उम्मेदवार

\"\"पाल्पा । पाल्पामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मतदाताका घरदैलोमा व्यस्त छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदा दलका उम्मेदवार भोट माग्न मतदाताका घरदैलोमा व्यस्त बन्न पुगेका हुन् । पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले खानेपानी, सडक, शिक्षा र रोजगारीका समस्या समाधानका लागि आश्वासन दिँदै भोट माग्दै आएका छन् । नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल यतिबेला भिन्नभिन्नै स्थानमा चुनावी कार्यक्रममा सक्रिय हुनुहुन्छ । पाण्डेय र नेपाल पाल्पा निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन। दुवै उम्मेदवारले तानसेनको खानेपानी समाधान र सिद्धबाबाको सडक सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा पारेको बताए । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का वाम गठबन्धनका प्रनितिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले पूर्वी पाल्पाको रामपुर नगरलाई आधुनिक शहर बनाउने एजेण्डा अघि सार्नुभएको छ । रामपुरमा शिक्षा, स्वास्थ्य, यातायात र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उनले बताए। पहाडी जिल्ला भएकाले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनका लागि नमूना क्षेत्र बनाउने, युवालाई स्वदेशमा स्वरोजगार र रोजगारका वातावरण सिर्जना गर्ने योजनामा आफूे घरदैलोका क्रममा उनले बताए । नेपाली काँग्रेसको महासमिति सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयराज घिमिरेले रामपुरका आधारभूत समस्या समधानका लागि आफू सधैँ लागिरहनेमा जोड दिए । कृषि तथा पशुपालन व्यवसायमा युवा युस्ताको आकर्षण बढाउने अनुदानको व्यवस्था मिलाउने कुरा उहाँले गर्दै आएका छन्। विसं २०७० को संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनका उम्मेदवार पाल्पाका दुवै निर्वाचन क्षेत्रमा बलियो देखिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कूल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याउन सफल भएको थियो । नेकपा एमाले ५४ हजार ९४ मत र नेकपा माओवादी केन्द्रले १६ हजार २६६ मत ल्याएको थियो । उक्त मतका आधारमा वाम गठबन्धनको ७० हजार ३६१ मत देखिन्छ । मत परिणमको आधारमा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन पाल्पामा अघि रहेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE