Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

सहिद गोविन्द गौतमको गृहबासी भन्छन्ः वाम गठबन्धनको सरकार बनाएर सीमाको स्थायी समाधान खोज्छौं

\"\"कञ्चनपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा थिए । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी छन् । एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने काँग्रेसका बिष्ट एक्लै चुनावी मैदानमा छन् । दुवै जनाले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि चुनावी एजेण्डासहित प्रचार प्रसारलाई अगाडि बढाएका छन् । स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार ११५ मत गरी वाम गठबन्धनको ३४ हजार ६०४ मत छ भने काँग्रेसको १४ हजार ९५६ मत छ । चार स्थानीय तह रहेको १ नं निर्वाचन क्षेत्रमा सबै स्थानीय तहमा वाम गठबन्धनको पार्टीका नेताले नै प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पद जितेका थिए । उक्तं निर्वाचन क्षेत्रमा आठ हजार ५९ मतदातामध्ये महिला ४५ हजार १०७ र पुरुष ४२ हजार ९५२ छन् । वाम गठबन्धनका उम्मेदवारले सीमा समस्या समाधान, सडकको स्तरोन्नति, सिमसार समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण, दोदा र चौधर नदीको कटान नियन्त्रण, आरक्ष विस्थापित समस्याको स्थायी समाधान, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास, राना थारू संस्कृतिको संरक्षण र प्रचारप्रसार लगायतका विषयलाई चुनावी मुद्दा बनाएका छन् । पुनर्वास सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर स्थानीयवासी गोविन्द गौतमको हत्या भयो । लगत्तै सरकारी स्तरबाट आएको अनुगमन टोलीलाई काँग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तिकै फिर्ता बोलाइयो, प्रतिनिधिसभा सदस्य उम्मेदवार मगरले भने, “अनुगमन टोलीले काम गर्न नपाउँदा समस्या ज्यूँ का त्यूँ छ । हामी वाम गठबन्धनको सरकार बनाएर सीमा समस्याको स्थायी समाधान खोज्न चाहन्छौँ ।” शेरबहादुर देउवा नेतृत्वकै सरकारले तत्कालीन आरक्ष क्षेत्र विस्तारका क्रममा २०५८ सालमा विस्थापित गरिएका परिवारको हालसम्म पनि पुनः स्थापना नभएको विषयसमेत वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारको चुनावी मुद्दा बनेको छ । कञ्चनपुरकै दुर्गम गाउँपालिका लालझाडीलाई राना पर्यटकीय गाउँका रुपमा विकास गर्न सकिने योजनासहित चुनावी प्रचारप्रसार भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष तथा १ नं क्षेत्रको प्रदेशसभा १ का उम्मेदवार तारा लामा तामाङले बताए । काँग्रेसका उम्मेदवार बिष्टले जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारलाई नमूना शहरका रुपमा विकसित गर्ने चुनावी एजेण्डा अगाडि सारेका छन् । छोटी भन्सारलाई भन्सार कार्यालयका रुपमा स्थापना गरी व्यापारिक केन्द्रका रुपमा बेलौरीलाई चिनाउने प्रतिबद्धता उनले गरे । प्रदेशसभाका उम्मेदवार गोपाल गुरुङले राना थारू जनजातिको ऐतिहासिक पृष्ठभूमि जोगाउनका लागि सङ्ग्रहालय स्थापना गर्ने, एलानी जग्गाको लालपुर्जा उपलव्ध गराउने, दुर्गम बस्तीमा कालोपत्र सडक बनाउने, जंगली हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउने, बाढीबाट विस्थापनमा परेका परिवारको पुनः स्थापना गर्ने चुनावी एजेण्डासहित मैदानमा उत्रिएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE