Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

काँग्रेसकाे दादागिरी महिला माथि

\"\"रुकुम । नेपाली काँग्रेस रुकुमका कार्यकर्ताले रुकुम सानीभेरी गाउँपालिकामा एक महिलालाई कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाईते वडा नम्बर ७ की कल्पना बुढालाइ अहिले उपचारका लागि काेलपुर लगिएकाे छ । उनी सानीभेरी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलवहादुर वुढाकी श्रीमती समेत हुन । बिहिबार सदरमुकाम खंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका काग्रेसका भातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी बुढामाथी कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिए । उनका अनुसार वडाअध्यक्ष कुलवहादुर वुढामाथि कुटपीट गर्ने उद्धेश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले वुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपीट गरेका हुन । कुटपीटवाट गम्भीर घाईते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हाे । गम्भीर घाईते कल्पना अहिले सम्म पनि वेहोस रहेको श्रीमान कुलवहादुर वुढाले वताए । यसैबिच कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिए । घटना राजनैतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपीटको घटनाप्रति नेकपा (माओवादी) केन्द्रले कडा विरोध जनाएको छ । जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धावाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताए । उनले घटनाको भ्रत्र्सना गर्दै दोषिहरुमाथि कडा कारवाही गर्न प्रशासनसंग माग गरेका छन । उता नेपाली काग्रेस रुकुमले भने आफ्नो चुनाबी प्रचारप्रसारको गाडिलाई माओबादीले अबरोध गर्न खाजेपछि झडप भएको र झडपमा बुढा घाईते भएको प्रतिक्रिया दिएको छ । मेघराज खड्का
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE