Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

एनसेलले आयोजना गर्यो ‘डिजिटल ज्याम’

\"\"काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (‘एनसेल’ वा ‘कम्पनी’) ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बिहिवार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ । उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र कामगर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे। साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइलएप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्स्हरु बनाएका थिए । डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहल अन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपको दक्षिण–पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु –– एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) –– मा एकै साथ संचालन गरिएको यो कार्यक्रमएसियाकै सबैभन्दाठूलोे कर्मचारी लक्षितअनलाइन एक्टिभेसन कार्यक्रमहो । यसमा आजिआटा गु्रपअन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो । ‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्वद्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने ‘‘मलेसियाहोस् वा नेपाल, हाम्रा सबै कम्पनीमाकार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्वबजारमा डिजिटाइजेसनले जसरी गतिलिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ ।’’ आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षम ा६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घिमा लगानी गर्नेछ । देशको विभिन्न भागमा फोरजी तथा थ्रिजी सेवाका ेतिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । ‘‘डिजिटल नेपाल निर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थक रुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्घ रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझालयमा काम गर्न आवश्यक छ । यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदानगर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्यामदिवस सफल भएको छ,’’ एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने । आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्तबन्न र आफ्ना ेकार्यकक्षमा डिजिटल संस्कृतिको विकासगर्न सँधै तत्पर छ, अमरासेकराले भने । एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालिन लक्ष्य लिएको छ । डिजिटल रुपान्तरणको लक्ष्यअनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्य मोबाइल सेव ाव्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफथिङ्स् जस्ता नयाँ उद्यममा पनि आफुलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालिन विकास योजनाका लागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE