Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

चुनावको मुखैमा विप्लवको पार्टीले गर्यो वाम गठबन्धनका कार्यकर्ता अपहरणः यस्तो अायो गठबन्धनको विज्ञप्ति

\"\"रोल्पा । पटक पटक बम विस्फोट गराईरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नेकपा (एमाले)को एक कार्यकर्ताको अपहरण गरेका छन् । नेकपाका कार्यकर्ताले रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई बिहीबार साँझ सुकीदह गाउँपालिका–३, डाँडाखुटीबाट अपहरण गरका हुन् । उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर बचाएका थिए । अपहरणमा परेका नवीन खड्कालाई करिब २४ घण्टापछि शुक्रबार विहान मुक्त गरेका छन् । संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार विहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । उनले नवीन खड्का शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको जनाउँदै अपहरण घटनाको निन्दा गरेका छन् । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ ।’ वामगठबन्धनले बिहीबार दिउँसो थबाङ, पाखापानी र जिनाबाङमा भएको बम विस्फोटको समेत निन्दा गरेको छ । गठबन्धनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएको छ । ‘मंसिर ७ गते थबाङ गाउँपालिकाको थबाङमा वाम गठबन्धनको प्रचार प्रसार टोलीमाथि नेकपाका कार्यकर्ताले ग्रिनेट आक्रमण गरेको, सुकीदह गाउँपालिकाको जिनाबाङ र पाखापानीमा बम विस्फोट र भरुवा बन्दुक पड्काएको, उम्मेदवारहरुलाई लक्षित गरी गरिएका विद्युतीय धराप विस्फोट, बम, पेस्तोल आक्रमण, ढुंगा प्रहारजस्ता सबैखाले अपराधिक घटनाहरुको संयुक्त वाम गठबन्धन घोर भ्रत्र्सना गर्दछ,’ गठबन्धनका संयोजक घर्तीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उम्मेदवारहरुको ज्यानमार्ने उद्देश्यसहित गरिएका अपराधिक आक्रमणमा संलग्नहरुलाई कानुनी कारबाही गर्न माग गर्दै गठबन्धन निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षको गठबन्धन गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ गठबन्धनले मतदातालाई त्रसित गर्ने काम नगर्न नेकपालाई चेतावनीसमेत दिएको छ । वक्तव्यमा भनेको छ, ‘आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आतुर आममतदातालाई त्रसित बनाउने, अपहरण गर्ने घटना नदोहो¥याउन गठबन्धन चेतावनी दिन्छ ।’
संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति रोल्पाको  
प्रेस वक्तव्य 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क. नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ । प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क. नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्दछ । आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आतुर आममतदातालाई त्रसित बनाउने, अपहरण गर्ने घटना नदोहो¥याउन गठबन्धन चेतावनी दिन्छ । यसैगरी निर्वाचन प्रचार प्रसारको क्रममा मंसिर ७ गते थबाङ गाउँपालिकाको थबाङमा वाम गठबन्धनको प्रचार प्रसार टोलीमाथि नेकपाका कार्यकर्ताले ग्रिनेट आक्रमण गरेको, सुकीदह गाउँपालिकाको जिनाबाङ र पाखापानीमा बम विस्फोट र भरुवा बन्दुक पड्काएको, उम्मेदवारहरुलाई लक्षित गरी गरिएका विद्युतीय धराप विस्फोट, बम, पेस्तोल आक्रमण, ढुंगा प्रहारजस्ता सबैखाले अपराधिक घटनाहरुको संयुक्त वाम गठबन्धन घोर भ्रत्र्सना गर्दछ । उम्मेदवारहरुको ज्यानमार्ने उद्देश्यसहित गरिएका अपराधिक आक्रमणमा संलग्नहरुलाई कानुनी कारबाही गर्न माग गर्दै गठबन्धन निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षको गठबन्धन गम्भीर ध्यानाकर्षण गराउँदछ ।
८ मंसिर २०७४  
गोकुल घर्तीमगर 
संयोजक
संयुक्त वाम गठबन्धन, निर्वाचन परिचालन समिति, रोल्पा
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE