Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

चुनढंगा र फलामखानीको उत्खनन गरिने

 

\"\"पाल्पा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताएका छन । एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने भएकाले त्यसको प्रयोगबाट जिल्लाको आम्दानीको स्रोत बढाउन सकिने उनको भनाइ छ । चुनढुंगा सिमेन्ट बनाउनका लागि प्रयोग गरिन्छ । उनले आशन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा जिल्लाको गोठादी, रहबास र ज्यामिरेमा चुनढुंगा उद्योग खोल्ने जनाए । पाल्पाको तिनाउ गाउँपालिकाभित्रका विभिन्न वडा र रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट दैनिकरुपमा रुपन्देही र नवलपरासी जिल्लामा चुनढुंगा निकासी हुँदै आएको छ । चुनढुंगाको अलवा सिद्धबाबाको ढुंगालाई निर्माण कार्यमा प्रयोग गर्न सकिने अनुसन्धानले देखाएको छ । पाल्पामा फलामखानीको पनि सम्भावना रहेको अध्ययन र अनुसन्धानले देखाएको छ । तिनाउ गाउँपालिकाको कोलडाँडास्थित विष्णुडाँडामा फलाम र तामाखानी रहेको मानिन्छ । पाल्पा र नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रमा समेत फलामखानी रहेको पाण्डेयले बताए। पाल्पा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको विकट मानिएका बल्ढेङ्गढी, जुठापौवा, सत्यवतीलगायत क्षेत्रको विकास गर्ने उनले बताए । तानसेनको चहलपहल घटेको र अहिले फेरि चहलपहल हुने गरी विकास गर्ने योजना अघि बढाउने उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE