Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रकाश दाहालकाे हृदयाघातले मृत्यु भएपछि मुटु जचाउने बढे

\"\"काठमाडौं । केहि दिनयता अस्पतालमा मुटु जाँच गराउने संख्या बढ्दो छ । हृदयाघातका कारण आकस्मिक मृत्यु हुने घटना बढ्न थालेपछि मुटु जाँच गराउनेको संख्या बढेको चिकित्सकहरू बताउँछन् । अाइतवार विहान हृदयाघातका कारण माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालकाे आकस्मिक मृत्यु भएकाे थियाे । वीर अस्पतालमा दुई दिनयता मुटु जाँच गराउनेको संख्या २५ प्रतिशतले बढेको अस्पतालका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताए । कुनै पनि समस्या नभएका मानिससमेत मुटु चेकजाँच गराउन अस्पताल आउने गरेको रेग्मीले बताए । ‘मोबाइलमा फोन गरेर पनि धेरैले जिज्ञासा राख्न थाल्नुभएको छ’ रेग्मीले भने । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि पछिल्ला केही दिनयता मुटु चेकअप गराउनेको संख्या बढेको बताउँछन् ‘आकस्मिक मृत्यु हुने कारण हृदयघात मात्र नभएर अन्य पनि हुन सक्छ । त्यसैले नियमित रूपमा स्वास्थ्य चेकजाँच गराउनु पर्छ,’ उनले भने । निर्वाचन नजिकिएसँगै जिल्ला बाहिरबाट अस्पताल आउने बिरामीको संख्या घटेको उनले बताए । ‘तर, डर र त्रासको कारण मुटु चेक गराउनेको संख्या बढ्दो छ,’ कोइरालाले भने । उनले साधारण समस्या देखिनासाथ बिरामीहरू अस्पताल धाउने गरेको बताए । ‘छाती दुख्यो, मुटु दुखेजस्तो लाग्यो, मुटुको धड्कन बढ्यो भन्नेजस्ता समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दो छ । यसरी आत्तिएर आउनेभन्दा पनि नियमित रूपमा मुटु जाँच गराउने बानी बसाल्नुपर्छ,’ उनले भने । धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजूले पनि अस्पतालमा मुटु जाँच गराउनेको संख्या बढेको बताए । आकस्मिक मृत्युका घटना बढेसँगै आममानिस सचेत भएर अस्पताल पुगेको डाक्टर कोजूको धारणा छ । ‘हाम्रो अव्यवस्थित जीवनशैली, खानपानको कारणले मुटुरोगीको संख्या बढेको छ,’ डा. कोजूले भने, ‘डरत्रासका कारण भन्दा पनि मुटु चेकअप गर्नुपर्छ भन्ने सोच लिएर अस्पताल जानुपर्छ ।’ त्यस्तै, नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ जेपी जैसवालले मुटु चेकअप गराउन अस्पताल पुग्नेको संख्या बढेको बताए । जाडो मौसम भएको कारण पनि अस्पतालमा मुटु चेकजाँच गराउनेको संख्या बढेको हुन सक्ने डाक्टर जैसवालले बताए । मनमोहन कार्डियोभास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला पनि मुटु जाँच गराउनेको संख्या बढेको बताउँछन् । युवावस्थाका मानिसमा हृदयाघात बढ्दो छ । व्यस्त जीवन, अव्यवस्थित खानपान, तनाव, व्यायामको कमीजस्ता कारणले आकस्मिक हृदयाघात बढेको चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले २०१३ मा गरेको एक अनुसन्धानले नेपालमा २० प्रतिशतभन्दा बढी युवा आकस्मिक हृदयाघातको जोखिममा छन् । विश्वमा हुने मानव मृत्युको २५ देखि ३५ प्रतिशत कारण हृदयाघात रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE