Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

रोल्पामा यस्तो छ चुनावी हिसाब-किताब, बर्षमान पुन भन्छन् ' मेरो जित सुनिश्चित छ'

[caption id=\"attachment_159134\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] रोल्पा । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुँदैछ । यतिबेला रोल्पामा निर्वाचनको सरगर्मी निकै बढेको छ । रोल्पाका उमेद्वारहरु आ–आफ्नै दावी गरिरहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ८ वटा राजनीतिक दलबाट ८ जनाले उमेद्वारी दिएपनि अब रोल्पामा संयुक्त वाम गठन्धनका उमेद्वार एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशली एवं बरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ र सिचाई राज्य मन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरबीचमा नै कडा प्रतिप्रर्धा हुने भएको छ । माओवादी नेता वर्षमान पुनमगर नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेताको रुपमा मानिन्छन् । संगठनबाट क्षेत्रबाट जनमुक्ति सेनाको कमिसारको रुपमा काम गर्दै शान्तिकालमा जनमुक्ति सेना समायोजन हुँदा डेपुटी कमाण्डरको भूमिका निर्वाह गरेका थिए । पार्टीभित्रको राजनीतिमा इमान्दार पूर्व भूमिका निर्वाह गर्दै सचिव बनेका थिए भने मोर्चामा पूर्वअर्थमन्त्री भएर भएका थिए । अर्थमन्त्री हुँदा रोल्पा जिल्लामा सडक, युवा क्वल, महिला समूह लगायतलाई साना तथा ठूला योजना प्रदान गरेर अधिकाँश रोल्पालीको नजरमा विकास प्रेमी नेताको रुपमा परिचित छन् । वर्षमान पुनमगरका प्रतिष्पर्धी अमरसिंह पुनमगर पनि नेपाली कांग्रेस रोल्पाको सभापति छन् । समानुपातिक सभासद्को जिम्मेवारी बहन गर्दै हाल सिचाई राज्यमन्त्री भइसकेका छन् । उनीपनि रोल्पा जिल्लाको विकास गरेको दावी गर्छन् । उनले रोल्पा जिल्लाको विकास निर्माणको लागि आफू अहोरात्र खटेको बताएका छन् । उनले पनि रोल्पा जिल्लाको विकासमा योगदान गरेको बताउँदै आफूलाई विजयी गराउने आशा व्यक्त गरेका छन् । प्रदेशसभाको निर्वाचनको लागि रोल्पा क्षेत्र नं. १ मा पनि ८ वटा राजनीतिक दलबाट ८ जना उमेद्वारले दर्ता गरेका छन् । तर त्यसमा पनि माओवादी केन्द्रका नेता एवं संयुक्त वाम गठबन्धनका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महरा बीचमा प्रतिषप्रर्धा हुने भएको छ । कुलप्रसाद केसी युवाकालदेखि राजनीतिमा लागेर हालसम्म सार्वजनिक पदमा नगई पार्टीको आन्तरिक संगठन परिचालनमै समय खर्चिएका नेता हुन् । तर पनि पार्टीभित्र र बाहिर युवा परिचालन तथा युवार्गको नेताको रुपमा परिचित छन् । रोल्पा जिल्लाको पूर्वी क्षेत्रमा पहिलो पटक उमेद्वार बन्नु भएका केसीले आफूलाई प्रदेशको मुख्य मन्त्रीको दावेदारको रुपमा प्रस्तुत गरेका छन् । जेल जीवन र हिसासत एवं ए अन्य कारणबाट चर्चा पाएका नेता केसी हाल निर्वाचनमा खरो रुपमा आफू र कार्यकर्ताहरुलाई परिचालन गरी निकै विवेकपूर्ण तरिकाले योजना निर्माणका साथ लागेको बताउँछन् । केसी र संयुक्त वाम गठबन्धनको चुनाव परिचालन समितिले केसीको विजयी हुन सक्ने दावी गरेका छन् । प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट शेरबहादुर महरा पनि चुनावमा भेगीय नाराका साथमा निर्वाचनमा होमिनु भएको उनीहरुले पनि आफूहरु रोल्पा क्षेत्र नं. १ मा विजयी हुने दावी गरेका छन् । नेपाली कांग्रेसको आफ्नो मत संख्या राम्रो रहेको र त्यसमा पनि राप्रपा नेपालको मत पनि आउने भएकोले दावी गरेको बताएका छन् । यस्तै रोल्पा क्षेत्र नं. २ मा प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पनि रोल्पा क्षेत्र नं. २ मा मात्रै नभएर रोल्पा जिल्लामै कुटनैतिक तथा पहलकर्ताको रुपमा परिचित छन् । नेता पुनमगरले रोल्पा जिल्लामा माओवादी केन्द्रको बलियो आधार र त्यसैमा पनि नेकपा एमालेले पनि संयुक्त वाम गठबन्धनका उमेद्वावारको तर्फबाट अगाडि सारेकोले गर्दा आफू विजयी हुने खबरडबलीलार्इ बताए । यसै गरी नेपाली कांग्रेसका जिल्ला समिति सदस्य एवं राजनीति क्षेत्रमा नै लागि रहेका खगेन्द्र प्रकाश हमालले पनि चुनावी अभियानलाई निकै तिव्रता दिएका छन् । तिनीहरु चुनावी सभा एवं प्रचारात्मक कार्यलाई निकै लागेका छन् । चुनावी प्रतिष्प्रर्धा भएपनि रोल्पा जिल्लामा हालको निर्वाचन परिणाम बाम गठबन्धनको पोल्टामा पर्न सक्ने रोल्पाका राजनीतिक विश्लेषकहरु बताउँछन् । रोल्पा जिल्लामा नेपाली कांग्रेसले आफ्नो राजनीतिक विचार र लोकतन्त्रलाई बचाउनका लागि उमेद्वार दिए पनि प्रतिनिधिसभा र रोल्पा क्षेत्र नं. २ मा भरी माओवादी केन्द्र नै विजयी हुने कांग्रेसकै नेताहरुले बताएका छन् । नेपाली कांग्रेसले रोल्पा क्षेत्र नं. १ मा भारी आफ्नो पनि दावी रहेको बताएको छ । प्रतिनिध सभाका उमेद्वार वर्षमान पुनमगरले आफ्नो र आफ्नो पार्टीका विजय शुनिश्चत भएको दावी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE