Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पुत्रशोकमा रहेका प्रचण्डसँग अस्पतालको बेडबाट घार्इते भक्कानिएपछि... (भिडियोसहित)

\"\"चितवन । हिजो साँझ सवा ६ बजे कुरा हो । चितवनको आमसभा सकिए लगत्तै पूर्वप्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर अस्पताल पुगे । अस्पतालको सघन उपचार कक्षको पल्लो कुनाको बेडमा पल्टीएकि थिईन सरिता राई । रार्इ रौतहटमा बम बिष्फोटमा परि घाईते थिइन् । पुत्रवियोगमा रहेका प्रचण्ड अस्पतालमा अरूबेला जस्ताे बोल्न सकिरहेका थिएनन् । प्रचण्डले रार्इलार्इ सोधे \'मलार्इ चिन्नु भयो ।\' रार्इले चिनिनन् र प्रचण्डसँगै रहेका योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)का अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले भने \'उहाँ अध्यक्ष प्रचण्ड ।\' रार्इले यसो हेरिन, त्यँहिबेला फेरि दीपशिखाले भने- अध्यक्ष प्रचण्ड तपाईलाई भेटन आउनु भएको । फेरि प्रचण्डले भने स्थानीय तहको निर्वाचनमा राैतहटमा भेट भएको थियो ।\' रार्इले प्रचण्डलार्इ गुहार माग्दै भनिन् \'मलार्इ बचाइदिनुस न ।\' प्रचण्डले रार्इको निधार छाम्दै भने \'अब बाँच्ने पक्का भयो ।\' त्यसपछि रार्इ भक्कानिदैं प्रचण्डलार्इ गुनासो गर्न थालिन् । उनले भनिन् \"मेरो घरमा कोहि छैनन्, मेरो २ वर्षको बच्चा छ ।\' त्यसपछि प्रचण्डले भने \'चिन्ता नलिनुहोस् छिट्टै निको हुन्छ ? श्रीमान के गर्नुहुन्छ ?\' पछाडीबाट फेरि कसैले जवाफ फर्कायो यतै अाउनु भएको थियो ।\' निर्वाचनमा त्रास र आतंक फैलाउने समूहको आक्रमणमा परि गम्भीर घाइते सरिताले सुरुमा को भेटन आएको चिनिनन । प्रचण्डले सरिताको अवस्थाबारे कुरा गरे डाक्टरसँग । एउटा खट्टा काम नलाग्ने भएको र कृत्रिम खट्टा राख्नुपर्ने डाक्टरले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE