Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

बाबुराम-नारायणकाजी: सहयोद्धाको चुनावी संघर्ष, यसो भन्छन् दुबै उम्मेद्वार

\"\"काठमाडाैं । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् । बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् । ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । अाजको कान्तिपुरमा खबर छ-ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ । विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ । एकअर्कालाई हराउने उनीहरूको प्रतिस्पर्धाले यहाँको चुनाव अन्यत्रभन्दा केही भड्किलो बन्दै गरेको देखिन्छ । करिब एक दर्जन गाडी, मोटरसाइकलको लस्कर अघिपछि लगाएर भट्टराई र श्रेष्ठ दुवै आफ्नो क्षेत्रमा मत मागिरहेका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै दुवैले जिल्ला छाडेका छैनन् । एक जना पुगेको स्थानमा लगत्तै अर्का पुग्छन् । सोमबार पालुङटार नजिकको शेरा क्षेत्रमा दिउँसो श्रेष्ठको टोल भेला चल्यो भने राति अबेरसम्म भट्टराई त्यस्तै भेलालाई सम्बोधन गरिरहेका थिए । खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै स्थानीय हुन् । त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन् । दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ । ‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो ।’ दुवै नेताको विगत, राजनीतिक भविष्य र जिल्लासँगको आत्मीयताका आधारमा मतदाता भट्टराई र श्रेष्ठलाई तौलिइरहेका छन् । ‘यो वा ऊ भन्ने छान्न हामीलाई नै गाह्रो परेको छ, त्यसैले भोट हाल्न छिरेपछि त्यहीं निर्णय गर्नुपर्ने अवस्था छ,’ स्थानीय शिवजी बानियाँ भन्छन् । गोरखामा भट्टराईको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो । श्रेष्ठ पहिलोपटक चुनाव लड्न आएका हुन् । संविधानसभाका दुई चुनावमा भट्टराईले अत्यधिक मत ल्याएर जितेका थिए । श्रेष्ठ भने संविधानसभामा मकवानपुरबाट चुनाव लडेका थिए । दुई सहयोद्धा मात्र होइन, वामपन्थी र लोकतान्त्रिक गठबन्धनले नै यो क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । वामपन्थी गठबन्धनले देशव्यापी चुनावी सभाको सुरुवात नै गोरखाबाट गर्दैछ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल श्रेष्ठको पक्षमा माहोल सिर्जना गर्न बुधबार गोरखा आउँदैछन् । वामपन्थी गठबन्धनको सभालगत्तै मंसिर २ गते भट्टराईको पक्षमा माहोल सिर्जना गर्न यहीं लोकतान्त्रिक गठबन्धनको सभा राखिएको छ । सभालाई सम्बोधन गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत आउँदैछन् । जित वा हारले राजनीतिक भविष्य निर्धारण हुने भएकाले दुवै नेताका अभिव्यक्तिमा एकअर्काप्रति निकै छेडछाड भेटिन्छ । एमाले र माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवार भएकाले श्रेष्ठलाई संगठनको मुख्य बलमा जित हासिल गर्छु भन्ने विश्वास छ । त्यसैले उनी भट्टराईलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् । ‘लोकतन्त्रमा उम्मेदवार हुन पाउने हक छ, त्यसैले उहाँ (भट्टराई) उम्मेदवार हुन आउनुभएको छ,’ श्रेष्ठले भने । ‘मलाई उहाँ प्रतिस्पर्धी भएर कुनै पनि चुनौती छैन, निष्ठा र विचारमा उहाँसँग तुलना नै हुँदैन,’ उनले भने । भट्टराईलाई आफ्नो संगठन बलियो नभए पनि विगतमा जिल्लामा गरेको विकास र कांग्रेसको समर्थनमा श्रेष्ठलाई सजिलै हराउन सकिन्छ भन्ने लागेको छ । त्यसैले उनी पनि श्रेष्ठलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् । गोरखामा जन्मे पनि जिल्लासँग श्रेष्ठले कुनै सम्बन्ध नै नराखेको भट्टराईको भनाइ छ । ‘गोरखाका जनताले मलाई यसअघि ऐतिहासिक मत दिएर विजयी गराएका छन् । गोरखालाई मैले कार्यक्षेत्र बनाउँदै आएको छु,’ भट्टराईले भने, ‘तर उहाँले कहिल्यै गोरखालाई कार्यक्षेत्र बनाउनुभएन, उहाँसँग मेरो प्रतिस्पर्धा नै छैन ।’ श्रेष्ठ र भट्टराईको मत माग्ने तरिका पनि फरक छ । श्रेष्ठ बढी राजनीतिक कुरा गर्छन् भने भट्टराई विकासे । शान्ति प्रक्रिया टुंगिएर संविधानसमेत जारी भएकाले अब संविधानको दिगो कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक रहेकोमा श्रेष्ठको जोड छ । स्थिर सरकारले मात्र विकास र समृद्धि ल्याउन सक्ने भएकाले आफूलाई मत दिन श्रेष्ठ आग्रह गर्छन् । भट्टराई भने सरकार बनाउनेलगायत विषयमा भन्दा विगतमा आफूले गरेका विकास र भावी योजनाको फेहरिस्त पेस गरिरहेका छन् । श्रेष्ठको चुनाव प्रचारका लागि बनाइएका गीतमा पनि राजनीतिमा खेलेको भूमिकाका सन्दर्भ उल्लेख छन् । भट्टराईको प्रचार गीतमा भने गोरखामा डाँडापाखामा मोटर कुदेका प्रसंग जोडिएका छन् । ‘अवसरवादी’ कि ‘झुसिलकिरा’ ? श्रेष्ठ अहिले भट्टराईको कुनै राजनीतिक दर्शन, सिद्धान्त र निष्ठा नभएको प्रचार गरिरहेका छन् । उनी भट्टराईलाई अवसरवादी र व्यक्तिवादीका रूपमा चित्रण गर्छन् । ‘आज एउटा, भोलि अर्को कुरा गर्नेबाट लोकतन्त्र सुदृढ हुँदैन,’ श्रेष्ठको टिप्पणी छ, ‘मौकावाद, अवसरवाद र व्यक्तिवादले अवसर पायो भने लोकतन्त्र नै समस्यामा पर्छ ।’ माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेको, उक्त पार्टीलाई संघीय समाजवादी फोरमसँग मिसाउन प्रयास गरेको, स्थानीय चुनावमा फोरमकै चिह्न प्रयोग गरेको, पछिल्लो समय वाम गठबन्धनमा मिलेको र एक सातामै त्यसलाई छाडेर कांग्रेससँग सहकार्य गर्न पुगेको लगायतका घटनालाई भट्टराईको अस्थिरताको उदाहरणका रूपमा श्रेष्ठले चर्चा गर्दैछन् । भट्टराईका नजरमा माओवादीले लिएको बाटोले कुनै पनि दिशा पक्रेको छैन । त्यसैले उक्त पार्टीबाट मुलुकमा समृद्धि सम्भव नरहेको उनको तर्क छ । उनले चुनावी सभामा माओवादीलाई ‘झुसिलकिरा’ को संज्ञा दिँदै हिँडेका छन् । ‘मुलुकलाई पुतलीजस्तो बनाउनुपर्नेछ तर माओवादी अझै झुसिलकिराजस्तो छ,’ भट्टराईले भने, ‘जडतामै अल्झिएको छ, त्यसैले उसबाट समृद्धि सम्भव छैन ।’ श्रेष्ठ भन्छन्– -मेरा प्रतिस्पर्धी नै छैनन्, निष्ठा र विचारमा मेरो तुलना भट्टराईजीसँग हुँदैन -भट्टराई अवसरवादी र व्यक्तिवादी भट्टराई भन्छन्– -श्रेष्ठसँग मेरो प्रतिस्पर्धा हुँदैन, गोरखा उहाँको कार्यक्षेत्र नै होइन -माओवादी झुसिलकिरा हो, उसबाट समृद्धि सम्भव छैन ‘जनयुद्ध’ को ब्याज चुनावी छेडछाडबीच दुवैले माओवादी आन्दोलनको इतिहासलाई मत माग्ने आधार बनाएका छन् । माओवादी छाडेर गएका भट्टराईलाई त्यही आन्दोलनको पृष्ठभूमि जोडेर केही मत ल्याउँछु भन्ने लागेको छ । त्यसैले ‘जनयुद्ध’ लडेको र त्यसलाई शान्तिपूर्ण रूपान्तरण गरी अहिलेको अवस्थामा ल्याउन आफूले योगदान गरेको दाबी गर्छन् । भट्टराईले श्रेष्ठलाई ‘जनयुद्ध’ विरोधीका रूपमा चित्रण गरिरहेका छन् । माओवादी युद्धमा श्रेष्ठ सहभागी भएका थिएनन् । शान्ति प्रक्रियामा आएपछि मात्र उनी माओवादीसँग एकीकरणमा आएका हुन् । त्यसैले जनयुद्धलाई जायज ठान्ने मतदाताहरूको भावनासँग जोडिन भट्टराईले श्रेष्ठको विगत कोट्याउने गरेका छन् । भट्टराईले गरेको यो प्रचारलाई श्रेष्ठले पनि चुनौती दिएका छन् । जनयुद्धमा प्रत्यक्ष रूपमा नजोडिए पनि त्यसको राजनीतिक अवतरणका लागि भूमिगत रूपमा आफूले काम गरेको श्रेष्ठको भनाइ छ । ‘जनयुद्धलाई सुरक्षित रूपमा अवतरण गराउने र शान्ति प्रक्रिया टुंग्याएर संविधान जारी गराउन मैले खेलेको भूमिका सबैलाई छर्लंग छ,’ श्रेष्ठको तर्क छ, ‘पार्टी एकीकरणमा प्रक्रियामा गएर मिलिसकेपछिको कुन बेला कहाँ थियो भन्ने कुराले ठूलो अर्थ राख्दैन ।’ ‘विकास गर्ने को ?’ प्रधानमन्त्री, अर्थमन्त्री र सांसद हुँदा गोरखामा आफूले नै विकासको लहर चलाएको दाबी भट्टराईको छ । त्यसैले उनले आफ्ना पालामा धेरै काम गरेको व्याख्या गर्ने गरेका छन् । बाँकी काम पूरा गर्न आफूले जित्नुपर्ने उनको दावा छ । भट्टराईका तर्कलाई श्रेष्ठले खण्डन गर्ने गरेका छन् । एउटा व्यक्तिको भरमा नभई पार्टीको बलमा गोरखामा विकासका कार्यक्रम आएको उनको दाबी छ । ‘पार्टीको नीति र निर्देशनअनुसार काम भएको हो, कुनै एउटा व्यक्तिले गरेको होइन,’ श्रेष्ठले भने, ‘व्यक्तिले गर्ने हो भने माओवादी छाडेर गएपछि बाबुरामजीले यहाँ कति विकास कार्यक्रम ल्याउनुभयो ?’ पार्टीभित्रको नीति निर्माणमा आफू पनि संलग्न रहेको र त्यही बल र पार्टीको पहलमा विकास आएको श्रेष्ठको दाबी छ । भट्टराईको पनि श्रेष्ठलाई उस्तै जवाफ छ । ‘म बाहिरिएपछि यही क्षेत्रका माओवादीकै नेता हितराज पाण्डे स्थानीय विकासमन्त्री हुनुभएको थियो, पार्टीले गर्ने हो भने त उहाँ हुँदा पनि विकासका केही कार्यक्रमा आउनुपर्ने थियो, त्यो त भएन,’ भट्टराईको तर्क छ । निर्वाचित सांसद नभए पनि श्रेष्ठ उपप्रधानमन्त्रीसम्म भए । तर, त्यो बेला उनले जिल्लामा केही नगरेको आरोप स्थानीयको छ । श्रेष्ठ भने त्यसलाई फरक तरिकाले हेर्नुपर्ने तर्क गर्छन् । ‘त्यो बेला मलाई मुलुकको परराष्ट्र सम्बन्ध हेर्ने जिम्मा थियो, त्यो काम मैले कुशलतापूर्वक निर्वाह गरें, जे जिम्मेवारी दिइएको हो, त्यो पूरा गरें ।’ कहाँ कसको पकड ? गोरखा २ मा पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा तथा सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिका पर्छन् । यीमध्ये पालुङटारको ६ देखि १४ नम्बर वडा र सुलिकोट गाउँपालिका वामपन्थी गठबन्धनको बलियो क्षेत्र हो । त्यस्तै, पालुङटारको १ देखि ५ नम्बर वडा, अजिरकोट, सिरानचोक र गोरखा नगरपालिकाका ८ देखि १४ नम्बर वडा नयाँ शक्ति र कांग्रेसको पकड क्षेत्र हो । स्थानीय तहको यो क्षेत्रको मतपरिणाम जोड्ने हो भने वामपन्थी गठबन्धन १ सय ३८ मतले मात्र अगाडि छ । स्थानीय चुनावपछि यहाँ करिब १० हजार मतदाता थपिएका छन् । थपिएको मत कता बढी जान्छ, त्यसले परिणाम निर्धारण गर्ने देखिन्छ । व्यक्तित्व र राजनीतिक भूमिकाको विषयसमेत जोडिएकाले स्थानीय तहकै शैलीमा मत खस्ने आधार छैन । गठबन्धनभित्र देखिएका झिनामसिना असन्तुष्टिले पनि केही प्रभाव पार्न सक्छ । जनयुद्धका क्रममा माओवादी पक्षबाट पीडित कांग्रेसका केही व्यक्तिले बाबुरामलाई समर्थन गरेको मन पराएका छैनन् । माओवादी आन्दोलनमै सहभागी नभएको र पदमा हुँदा पनि जिल्लालाई नहरेको भन्ने जनमतले श्रेष्ठलाई पनि केही प्रभाव पार्न सक्छ । चुनावपछिको सम्भावित राजनीतिक घटनाक्रममा कसको प्रभाव के हुने भन्ने आकलन गर्ने केही प्रबुद्ध मतदाता पनि छन् । ‘पहिले बाबुरामजीका पछाडि ठूलो पार्टी थियो र उहाँ प्रधानमन्त्रीसमेत हुनुभयो, अहिले उहाँको पार्टी सरकार बनाउन सक्ने हैसियतको ठूलो छैन,’ स्थानीय मतदाता विष्णु रेग्मीले भने, ‘चुनाव जितेर गए पनि अब भट्टराईजीको हालत चित्रबहादुर केसी वा नारायणमान बिजुक्छे जस्तो हुन सक्छ ।’ उता श्रेष्ठका पछाडि ठूलो संगठन रहे पनि एमालेसँग पार्टी एकीकरणको प्रक्रियामा जाँदा श्रेष्ठको अहिलेकै जस्तो राजनीतिक प्रभाव बाँकी रहन्छ कि रहँदैन भन्ने शंका गर्ने पनि छन् । यही स्थितिको रोचक प्रतिस्पर्धाले गोरखाका अन्य क्षेत्रको र प्रदेशसभाका चुनावका उम्मेदवारको प्रचार नै छायामा परेको छ । भट्टराई र श्रेष्ठकै सम्भावित परिणाम आकलनमा गोरखा व्यस्त छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE