Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

देउवालाई कार्यकर्ताले पारे र्‍याखर्‍याख्ती

[caption id=\"attachment_99871\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा। सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो। पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे। कार्यकर्तालाई जिज्ञासा राख्न भने। मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ र ? ऐले ढिला हुन्छ ? ’ कोइरालाले राख्न दिऊँ भन्ने इशारा गरिन् । लगत्तै भीडबाट एक जना कार्यकर्ता जुरुक्क उठे। आजको अन्नपूर्णमा खबर छ-‘हामी पनि पार्टीमा लागेर जीवनै सक्किन लाग्यो, हाम्रो नामै सिफारिसमा परेन, टिकट वितरणमा रहेका मेरा भाइ उमेरका केन्द्रीय सदस्य किशोरसिंह राठौरले बरु मेरो उमेर सोध्नुभयो ? ’ बाँके क्षेत्र नं. ३ का ती कार्यकर्ता हरिभक्त उप्रेतीको रिस अझै सकिएको थिएन, ‘के हामी जिल्ला बस्नेहरूको पार्टीमा कुनै हैसियत छैन ? ’ भीडमा गडगडाहट ताली सुनियो। उनी अझै जोशमा आएर पार्टीप्रति गुनासो गर्दैथिए ‘पार्टी सकिनै लाग्यो सभापतिज्यू, एक त वाम गठबन्धनले त्यसै अप्ठ्यारो छ, त्यसमाथि पार्टी तपाईंकै कारणले सकिन लाग्यो। चुनाव कसरी जितिन्छ ? ’ उनले पार्टी जिल्ला सभापति किरण कोइरालाको समेत नाम समानुपातिक सूचीमा नअटाएको भन्दै गर्दा कोइराला टाउको हल्लाइरहेकी थिइन् । ताली एकनासले बजिरहेको थियो । उनलाई कार्यक्रम सञ्चालक जिल्लासचिव शर्माले जोडबल गरेर बसाउन खोजे पनि कार्यकर्ताले ‘हुटिङ’ नछाडेपछि बसाउन सकेनन् । तर, उनलाई जबर्जस्ती बस्न लगाइयो । अर्का कार्यकर्ता सोमबाहदुर थापा जुरुक्क उठेर एक्कासि कुर्लिए ‘सभापतिज्यू कहिलेसम्म हामीले तपाईंहरूको झोला बोकिरहने हो ? के तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो आउने हो ? ’ उनको आक्रोश निकै बढ्दै थियो। कार्यक्रम सञ्चालकले फेरि माइकबाटै आफ्नो कुरा सक्न भने । झन् रिसाउँदै भने, ‘हाम्रो त जीवन नै सकिन लाग्यो, पार्टी पनि यही कारणले सकिन्छ ? अब कसरी जित्छ कांग्रेसले हामी पनि हेरौंला ।’ फेरि अर्का कार्यकर्ता देउवा नजिकै उभिएर गर्जंदै थिए। ती थिए, मुस्लिम समुदायका कांग्रेसी नेता अब्दुल हमिद सिद्धिकी। उनलाई सुरक्षाकर्मीले केही पछि धकेले। उनी त्यहीँबाटै कुर्लिन सुरु गरे। उनको पनि गुनासो टिकट वितरणप्रति नै थियो। ‘कांग्रेसलाई जनताले हराउँदैनन्, सभापतिज्यू यस्तै कारण आफैंले गर्दा कांग्रेसले हारेको छ’, उनी भन्दै थिए, ‘तपाईंले हाम्रै जिल्ला सभापतिको नामसमेत याद गर्नु भएन, यसरी त अब चुनाव जित्न गाह्रै छ।’ कार्यक्रम सञ्चालकले जबर्जस्ती गरी उनलाई चुप लगाए तीनजना कार्यकर्ता बोलेपछि ‘फ्लोर’ बन्द भयो। त्यसपछि पनि कार्यकर्ता सम्झाउन देउवालाई हम्मे-हम्मे भयो। उनले टिकट वितरण ‘अन्याय’ भएको स्वीकार पनि गरे। ‘हो मलाई थाहा छ, एक से एक दुःख गरेका साथीहरूको नाम छुटेको छ, दुःख मलाई पनि लागेको छ’ प्रधानमन्त्री देउवाले कार्यकर्तालाई सम्झाउँदै भने, ‘तर, पनि यतिबेला चुनाव जित्नु छ, यसरी आफैंभित्र झगडा नगरौं।’ उनले जिल्ला सभापति कोइरालाको नाम छुटेको बारेमा आफूलाई जानकारी नै नभएको भन्दै त्यसप्रति दुःख पनि व्यक्त गरे। उनले भने, ‘हामी आ-आफू पार्टीभित्र पछि लडौंला, अहिले चुनावमा लडौं र कांग्रेसलाई जिताऔं।’ देउवाले कांग्रेसले हार्नु जनता, नागरिक स्वतन्त्रता र लोकतन्त्र हार्नु रहेको बताए। बाम गठबन्धनले लोकतन्त्र सिध्याउन लागेको आरोप लगाउँदै देउवाले त्यसकाविरुद्ध फेरि लोकतन्त्रले जित्नुपर्ने बताए। ‘कांग्रेसले मात्रै लोकतन्त्र जोगाउन सक्छ, त्यसैले अहिले चुनावमा कांग्रेसलाई जिताउन लाग्नुस् हामीले जितेमात्रै लोकतन्त्र रहन्छ। हामी पनि रहन्छौं। नत्र हामी नै रहँदैनौं’ उनले भने। टिकट वितरणकै बारेमा कांग्रेसभित्रको असन्तुष्टि यतिबेला छरपस्ट भएको छ। बाँकेको प्रमुख निर्वाचन क्षेत्र मानिएको क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि राप्रपालाई कांग्रेसले सहयोग गर्दै गठबन्धन गरेको छ। तर, मनोनयन दर्ताकै दिनमा असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका थिए। पार्टी सभापति किरण कोइरालाकै नाम पनि उम्मेदवारको सूचीमा नपरेपछि सभापति आफैं पनि असन्तुष्ट छिन्। मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा नेपालगन्ज विमानस्थलमा ओर्र्लिएका थिए। त्यहाँ उनलाई स्वागत गर्न सुरक्षा निकायलगायत धेरै पार्टीका नेता तथा कार्यकर्ता पनि पुगे। त्यहाँ जिल्ला सभापति कोइराला पनि पुगेकी थिइन्। तर, उनले प्रधानमन्त्रीलाई भेटिनन्। विमानस्थलभित्र रहेको ‘भिभिआइपी’ कक्षमा बसेका देउवाले जिल्ला सभापति कोइरालालाई भित्र बोलाउन पठाए। बर्दिया जिल्ला सभापति तथा सिंचाईमन्त्री सञ्जय गौतम बाहिर आएर कोइरालालाई ‘काकी, भित्र जाउँ सभापतिज्यूले बोलाउनुभाछ’ भने। तर, कोइरालाले मानिनन्। उनले जवाफ दिइन् ‘मेरो पनि आफ्नै स्ट्यान्ड छ, म किन उहाँलाई भेट्न जाने ? प्लीज म जान्न त्यही भन्दिनु।’ त्यही कुरा सभापति देउवाकै अगाडि कोइरालाले कार्यकर्ता भेलामा पनि भनिन्। ‘मलाई पनि दुःख लागेको छ, त्यही भएर अघि एयरपोर्टमा म उहाँलाई भेट्न गइनँ, पार्टीको यस्तो चालाले मलाई पनि पीर लागेको छ’ उनले प्रधानमन्त्री एंव पार्टी सभापतिलाई भनिन् ‘सभापतिज्यू, सबैको आआफ्नै हैसियत हुन्छ, पार्टीमा सबैलाई सम्मान गर्न सिक्नुस्।’ कार्यक्रम सक्दै उनले अन्तिममा भनिन् ‘पीर, दुःख तपाईं, हामी सबैलाई छ तर, त्यो भन्दा धेरै पीडा र दुःख त्यो बाम गठबन्धनले जितेपछि हुनेछ, त्यसैले जस्तोसुकै पीडा भए पनि यसपटक कांग्रेसले हार्नुहुन्न, म पनि लाग्छु तपाईंहरु पनि पार्टीलाई जिताउन लाग्नुस्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE