Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

माधव नेपालले रौतहट-१ छोडेपछि अनिल झा तनावमा

\"\"काठमाडाैं । पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट १ छाडेपछि सो क्षेत्रमा आफुले सहजै चुनाव जित्ने आंकलन गरेर मैदानमा उत्रेका राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झालाई स्वतन्त्र उम्मेदवारी दिएका पुर्व सभासद बबन सिंहले अप्ठ्यारोमा पारेका छन् । उनलाई मधेसमा राम्रो जनाधार भएको अर्को पार्टी संघीय समाजवादी फोरम  नेपालको पनि समर्थन छ । तै पनि उनी चुनाव जित्नेमा ढुक्क हुन सकेका छैनन् । उनलाई डर देशका प्रमुख राजनीतिक दलले बनाएका लोकतान्त्रिक र वाम गठबन्धनको होइन स्वतन्त्र उम्मेदवार बबन सिंहको हो ।  अाजको नयाँ पत्रिकामा खबर छ-गठबन्धनबाट राजपा अध्यक्ष मण्डलका अनिल झाले उम्मेदवारी दिएपछि उनीविरुद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले बागी उम्मेदवारी दिएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा चुनाव जितेका बबन सिंह टोल टोलको समस्याको समाधान गर्न सक्रिय रहेको कारणले गर्दा पनि उनको जनमत राम्रो रहेको स्थानीय युवा नवीन सिंह बताउँछन् । मधेस आन्दोलनका क्रममा स्थानीय स्तरमै आन्दोलनमा सक्रिय रहेका र जनताको समस्यालाई सहज रुपमा समाधान गर्ने नेताको रुपमा सिंहले भूमिका निर्वाह गरेकै कारण पनि उनको जनमत कमजोर नरहेको सिंह बताउँछन् ।  स्वतन्त्र उम्मेदवार सिंहले २०६४ सालको जस्तै गरी आफूले निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । सिंहले भने ‘म जनताको सेवक हुँ गाउँमा नै बसेर सेवा गर्ने मेरो लक्ष्य भएको हुँदा मेरो जित सुनिश्चित छ । यता राजपा—फोरम नेपाल गठबन्धनका उम्मेदवार झाले भने मधेसको समस्याको समाधान गर्ने पार्टी राजपा नै भएको हुँदा जनलहर आफनै पक्षमा रहेको दाबी गरेका छन् । झाले पत्नी डिम्पल झालाई समानुपातिक बन्दसूचीको उच्चतम श्रेणीमा राखेको आरोप पनि लागेको छ । झाको उम्मेदवारीबाट असन्तुष्ट राजपाका कार्यकर्ताहरु बागी उम्मेदवार सिंहको पक्षमा लागेका छन् । बबन सिंहको उम्मेदवारीबाट राजपा(फोरम नेपाल गठबन्धनका मात्र होइन कांग्रेस र वाम गठबन्धनका उम्मेदवारमा डर पैदा गरेको छ । यद्यपी सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका कांग्रेसका जिल्ला सभापति कृष्ण यादवले पनि आफनो जित निश्चित भएको बताउँछन् । उनले भने ‘क्षेत्र नं. १ कांग्रेसमय बनेको छ लोकतन्त्रको रक्षाको लागी पनि कांग्रेसको जित हुनेमा कुनै द्विविधा छैन ।’ त्यस्तै वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रका नेता सत्यनारायण भगतले वाम गठबन्धनको जित पक्का रहेको प्रतिक्रिया दिएका छन् । देशमा दिगो शान्ति तथा विकासका लागि पनि वाम गठबन्धनको जित हुने उनको भनाई छ । राजपा—ससफो गठबन्धनका उम्मेदवार अनिल झा पूर्व उद्योग मन्त्री हुन् भने स्वतन्त्र उम्मेदवार २०६४ सालको संविधान सभाको निर्वाचनमा भूमिगत अवस्थामै निर्वाचित पूर्वसभासद हुन् । वाम गठबन्धनका उम्मेदवार सत्यनारायण भगत बिन २०७० को निर्वाचनमा तत्कालीन रौतहट क्षेत्र नं. ४ को माओवादी केन्द्रबाट निवार्चित भएर राज्य मन्त्री समेत भइसकेका छन् ।  यता कांग्रेसका उम्मेदवार कृष्ण यादव २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए । हाल उनी कांग्रेस पार्टीको जिल्ला सभापति पनि हुन् । माधव नेपालले सो क्षेत्र छाडेपछि अहिले सो क्षेत्रलाई आफ्नो पक्षमा पार्न राजपा ,कांग्रेस र वाम गठबन्धन कम्मर कसेर लागेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE