Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

घरजग्गा कब्जा गर्दै विप्लव, चन्दा नदिएपछि धम्की

\"\"काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवार र नगर प्रमुखसहित खोटाङका चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । नयाँपत्रिकामा खबर छ–कांग्रेसबाट खोटाङ प्रदेश सभा १ का प्रत्यक्षतर्फका उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो । लामीडाँडा गाउँपालिका–२, खार्पा घर भएका उम्मेदवार पोखरेलले गुन्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, बस्नेत परिवारले स्थानीय सीधासादा जनतालाई शोषण तथा दमन गरेर शासन गरेकाले सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा जनाइएको छ । विप्लवका कार्यकर्ताले चारैजनाको घरमा विज्ञप्ति टाँसेर कब्जामा लिइएको घरजग्गा तथा चल–अचल सम्पत्ति स्थानीयले प्रयोग गर्ने घोषणा गरेका छन् । नगर प्रमुख राईको घरमा शनिबार राती विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झन्डा गाडिएको छ । चन्दा नदिएपछि धम्की नगर प्रमुख राईले नेकपाले नगरपालिकाको पहिलो नगर सभाबाट आधा बजेट आफूहरूलाई विनियोजन गर्न दवाब दिँदै आएको बताए । उनले भने, ‘उनीहरूले हाम्रो पनि समानान्तर सरकार छ, नगरपालिकाको आधा कार्यक्रम हामी सञ्चालन गर्छौं भन्दै पटक–पटक बजेट माग गर्दै आएका थिए ।’ आफूलाई आगामी निर्वाचनको प्रचार–प्रसारमा नहिँड्नसमेत नेकपाका कार्यकर्ताले दवाब दिएको नगर प्रमुख राईले बताए । कांग्रेसको तर्फबाट नगर प्रमुखमा विजयी राईले भने, ‘मलाई पटक–पटक थ्रेट दिइरहेका थिए, शनिबार त घरमै आएर घरजग्गा नियन्त्रण लिएको विज्ञप्ति टाँसेछन् ।’ विप्लव कार्यकर्ताले आफूलाई पटक–पटक धम्की दिएको विषयमा खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराएको नगर प्रमुख राईले बताए । प्रहरी नायब उपरीक्षक थापाले जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको बताए । प्रहरीले आगामी निर्वाचनलाई प्रभावित पार्नका लागि नेकपाले घरजग्गा कब्जाको घोषणा गरेको अनुमान गरेको छ । कांग्रेसबाट खोटाङ प्रदेश सभा १ का प्रत्यक्षतर्फका उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE