Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण

\"\"काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । कान्तिपुर दैनिकमा खबर छ– बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो । करिब ६ महिनाअघि स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा ‘सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिस गर्न’ मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई उक्त सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको हो । प्रतिवेदनअनुसार उक्त औषधि सरकारी अस्पताल प्रयोजनका लागि मात्र भन्ने स्टिकरसमेत प्रयोग गर्नुपर्ने छ । नुन, चिनी तथा रासायनिक मल व्यवस्थापनका लागि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनजस्तै छुट्टै संयन्त्र औषधि वितरणका लागि गठन गर्नुपर्ने छ । सरकारले उक्त प्रतिवेदनको सुझावअनुसार औषधि वितरण गर्न सके आम सर्वसाधारणलाई औषधिमा तत्कालै ४० प्रतिशतभन्दा बढी सस्तो हुने समितिका संयोजक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका निवर्तमान सचिव विनोद केसीले बताए । ‘बढीमा त सयौं प्रतिशत पनि सस्तो हुन सक्छ,’ उनले भने, ‘औषधिको प्रकृतिअनुसार फरक हुनेछ ।’ उक्त सुझाव बुझेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशनसमेत दिइसकेका छन् । खरिदको प्रक्रिया सुझाव प्रतिवेदनअनुसार उत्पादकसँग सरकारले सोझै औषधि खरिद गर्नुपूर्व आयातकर्ता मुलुकसँग जीटूजी सम्झौता गर्नुपर्ने छ । ‘सकेसम्म धेरैभन्दा धेरै देशसँग यस्तो सम्झौता गर्ने तर कम्तीमा दुई देशसँग भने जीटुजी गर्नैपर्ने,’ सुझाव प्रतिवेदनमा भनिएको छ । सम्झौतामा उक्त मुलुकका कम्पनीहरूले नेपालमा एक्स फ्याक्ट्री ९ट्याक्सहरूसमेत जोडेको मूल्य० मूल्यमा औषधि निर्यात गर्न सक्ने सर्त हुनुपर्छ । यो सम्झौतापछि नेपालका लागि आवश्यक औषधि आयात गर्न सक्ने सम्भावित कम्पनीहरूको सूची तयार पार्ने छ । त्यसपछि सरकारी अस्पतालका फार्मेसीलाई आवश्यक पर्ने औषधि पाक्षिक, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक मागको आकलन गरी पाँच वर्षभित्र आवश्यक पर्ने परिमाणको किसिम र संख्या यकिन गर्ने छ । उक्त विवरण जीटूजी सम्झौता भएका मुलुकका कम्पनीहरूमा पठाउने छ । समितिका संयोजक तथा हालका रक्षा सचिव केसीका अनुसार उक्त कम्पनीहरूले हाम्रा लागि आवश्यक औषधिको विवरणअनुसार मूल्य सूची पठाउने छन् । ‘उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको औषधिको गुण्स्तरको प्रमाणपत्र समेत पेस गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसपछि हाम्रो सरकारले कुन कम्पनीको सस्तो औषधि हो, सोही कम्पनीसँग खरिद गर्न सक्छ ।’ खरिद गरेर ल्याउने र यहाँ फार्मेसीसम्म ढुवानी तथा अन्य व्यवस्थापकीय लागत भने यतैको छुट्टै संयन्त्रले बेहोर्नुपर्ने छ । ‘यसका लागि ऐनरनियम आवश्यक छन् । यो काम पूरा गर्न ६र८ महिना लाग्छ,’ उनले भने । यस प्रणालीमा काम गर्न समितिले व्यवसायी, आयातकर्ता, उत्पादक, सरकारी फार्मेसीका अधिकारी तथा विदेशस्थित स्वास्थ्यमन्त्रीहरू र औषधि कम्पनीका अधिकारीहरूसँग छलफल गरेको जनाइएको छ । किन यो अवधारणा ? यो अवधारणामा काम गर्न भारत र बंगलादेश तत्कालै तयार रहेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताए । बंगलादेशले पनि जीटूजी सम्झौता गरी सोझै उत्पादकसँग खरिद गरी सर्वसाधारणलाई बिक्रीको अवधारणा अवलम्बन गरिरहेको उनले बताए । ‘मैले बंगलादेश र भारतका स्वास्थ्यमन्त्रीसँग कुरा गर्दा प्रस्ताव ल्याउनु भनेका थिए,’ थापाले भने, ‘उनीहरू र त्यहाँका उत्पादकहरूसँग मूल्यसूचीका विषयमा छलफल गरेपछि हामी कैयौं गुणा सस्तोमा औषधि वितरण गर्न सक्छौं भन्ने लागेको हो ।’ समितिले पेस गरेको सुझाव कार्यान्वयन हुन सके एकै पटक आम नागरिकले सस्तो मूल्यमा औषधि प्रयोग गर्न सक्ने उनले बताए । ‘हामीले त्यतिबेला गरेको अध्ययनपछि नेपाली बजारमा प्रयोग भइरहेका औषधिहरू उपभोक्ताले २२ सय प्रतिशतसम्म महँगो तिर्नुपरेको निष्कर्ष निकालेका थियौं,’ उनले अर्को तथ्य सुनाए, ‘नेपालमा हुने जम्मा खर्चको ६० प्रतिशत त औषधिमा खर्च गर्दा रहेछन् ।’ उक्त कारणले सरकारले नै खरिद गरी बिक्री गर्न सके सर्वसाधारणलाई निकै राहत हुने उनको दाबी छ । थापाका अनुसार स्वदेशी तथा विदेशी उद्योग, उत्पादक, वितरक तथा सरकारी निकायका अधिकारीहरू र अन्य माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम औषधिमा तिर्नुपरेको निष्कर्ष निकालिएको हो । केही–केही औषधिहरूमा पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गर्ने भेटिएको छ । उक्त अध्ययन स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्थापन हेर्ने निकायले भारतका विभिन्न प्रान्तमा गई उद्योग, आयातकर्ता र त्यहाँको सरकारसँग समेत लिएको थियो । ‘सरकारी नीतिअनुसार अस्पतालमा स्थापित फार्मेसी पसलमा उत्पादकबाट सीधै औषधि खरिद गर्न सकियो भने त्यही गुणस्तरमा अहिलेको भन्दा निकै सस्तोमा पाइने निष्कर्ष निकाल्यांै,’ उनले भने, ‘उक्त निष्कर्षपछि मन्त्रिपरिषद् बैठकमा औषधिको मूल्यसहित उपभोक्तामा परेको भारको विवरण पेस र यसको व्यवस्थापन कार्यालयका अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिएको हो ।’ उक्त समितिमा अर्थ, वाणिज्य तथा आपूर्ति, उद्योग, स्वास्थ्यलगायत मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । ६ महिना लगाई उक्त समितिले सरकारलाई सुझाव पेस गरेको हो । सरकारले सोझै खरिद गर्दा उत्पादकपछिका बिचौलिया (आयातकर्ता, स्टोरकर्ता, डाक्टरलाई कमिसन र अन्य प्रशासनिक) लगायत शुल्कको भार उपभोक्तालाई नपर्ने प्रतिवेदनमा उल्लेख छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE