Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

काठमाडौंका मतदाता भन्छन्ः धुलो र धुवाँ हटाउनेलाई भोट दिन्छौँ

\"\"काठमाडौं । ‘कतिन्जेल खाने धुलो र धुवाँ १’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गछौँ ?’ सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन् । करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा अगाडिको गाडी समेत देख्न नसक्ने गरी धुलाम्मे हुने अवस्थामा पुग्दछ । सो सडकखण्डको अधिकांश खण्ड काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्दछ । त्यही सडकको दूरावस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो । अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ । चन्द्रगिरि नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताउछन् । स्थानीय समाजसेवीसमेत रहनुभएका नकर्मी भन्छन्, “सडक विस्तार र सुधारको विषयमा हिँड्दा हिँड्दै जुत्ता नै फाटिसक्यो, कति नेताका ढोका ढोका चाहारौँ कुरा गरी साध्ये छैन । दश वर्ष भो खै कहिले बन्ला ?” सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन । क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरि नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन् । विस २०६४ र २०७० का संविधानसभा निर्वाचनमा जस्तै यस पटकको निर्वाचनमा पनि सो क्षेत्र चर्चाको उत्कर्षमा पुगेको छ । कुन दलका कुन उम्मेदवारले मतदाताका मन जिती निर्वाचनलाई आफ्नो पक्षमा ल्याउँछन् भन्ने विश्लेषण चिया पसलदेखि सार्वजानिक स्थानमा आ–आफ्नै रुपमा चल्न थालेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि नेपाली काँग्रेसका युवानेता राजन केसी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुग्नुभएको थियो । तर पहिलो संविधानसभाको निर्वाचनमा युवानेता केसी अध्यक्ष प्रचण्डद्वारा नै पराजय हुनु परेको थियो । निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका कूल ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् । नेपाली काँग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्रीसमेत रहनुभएका केसीलाई नै तेह¥याएको छ । वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन् । खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन् । नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन् । पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन् । उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ । ती दुवै उम्मेदवार आन्तरिक निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी रणनीतिका साथ जनताको घरदैलो शुरु गरिसक्नुभएको छ । मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ््नो विजय हुने दाबी गर्छन । उनी भन्छन्, “यो निर्वाचन लोकतन्त्र चाहने कि साम्यवाद ल्याउने बीचको प्रतिस्पर्धा हो, जनताले लोकतन्त्र र नेकालाई चाहन्छन् ।” वाममोर्चाका उम्मेदवार शाक्य काठमाडौँका क्षेत्र दशका जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई मत दिने विश्वास व्यक्त गर्छन् । उनी भन्छन् “नेकपा माओवादी र नेकपा एमाले पार्टी मिल्दा लोकतन्त्र खतरामा हुँदैन, झन् बलियो हुन्छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE