Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

महेश बस्नेतको दमले भ्याउला त दमननाथलाई ? यस्तो छ मतको लेखाजोखा

\"\"काठमाडौं । मंसिर २१ गते दास्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर २ मा एमाले नेता बहेश बस्नेत र कांग्रेसका दमननाथ ढुंगानाबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०४८ सालको निर्वाचनमा काठमाडौं २ बाट मल्ल के सुन्दरलाई हराएर प्रतिनिधिसभाका सभामुख समेत बनेका ढुंगानाले वाम गठबन्धनलाई हराउनकैलागि आफलेु भक्तपुरबाट उम्मेदवारी दिएको बताइसकेका छन् । ०५१ को मध्यावधि निर्वाचनमा तत्कालिन एमाले नेतृ विद्या भण्डारीसँग पराजित भएपछि राजनीतिबाट टाढा बनेका ढुंगान एकाएक भक्तपुर पुगेर सक्रिय बनेपछि कतिपयले आश्चार्य मानेका छन् । २३ वर्षपछि पुनः सक्रिय राजनीतिमा फर्किएका ढुंगानाले भक्तपुरबाट वाम गठबन्धनलाई हराउन सक्ने आफुमात्र एक शक्ति रहेको अभिव्यक्ति दिँदै आएका छन् । ढुंगान भक्तपुरकालागि नयाँ पात्र हुन् । उनको उम्मेदवारीले कांग्रेसका कतिपय नयाँ नेता–कार्यकर्तामा अन्योल समेत सिर्जना गरेको छ । भक्तपुरकालागि अपरिचित हुनु ढुंगालाई घाटा हुनेछ । तर,ढुंगाना चुनाव लडेपछि स्थानीय अन्तरबिरोध कम हुने भएकाले मत बढ्ने कांग्रेसको दाबी छ । वाम गठबन्धनका साझा उम्मेदवार यसअघिको संविधानसभा निर्वाचनमा कांग्रेसका रामेश्वर ढुँगेलसँग पराजित भएका थिए । २०५४ मा भएको स्थानीय निर्वाचनमा २२ वर्षको कलिलो उमेरमै भक्तपुरको गुण्डु गाविसको अध्यक्ष जितेका बस्नेत युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत बनिसकेका छन् । उनी एमालेभित्र केपी ओलीको बिश्वासिलो पात्रका रुपमा चिनिन्छन् । आफ्ना हजुरबा समानका ढुंगानासँग उनी चुनावी प्रतिस्पर्धामा छन् । भक्तपुर क्षेत्रमा लोकप्रिय छबि बनाएका बस्नेत आफुले सजिलै चुनाव जित्ने दाबी गर्दै आएका छन् । तर, उनले भने जस्तो यो निर्वाचन उनकालागि सहज भने छैन । स्थानीय तह निर्वाचनको मत र आफ्नो लोकप्रियताका आधारमा चुनवा जित्ने बिश्वासमा बस्नेत छन् । आफु मन्त्री भएपछि सो क्षेत्रको विकासमा आफूले गरेका काम र वामपन्थी गठबन्धनको कारण फराकिलो मतान्तमा चुनाव जित्ने दाबी बस्नेतको छ । स्थानीय उममेदवार नभएकै कारण मतदाताले आफुलाई पत्याउने बिश्वासमा बस्नेत छन् । यस्तो छ स्थानीय तह निर्वाचनको मत स्थानीय तहको मत परिणाम अनुसार भक्तपुर २ मा एमालेको २६ हजार १३५ भोट छ । कांग्रेसले २१ हजार ११ भोट ल्याएको थियो । त्यस्तै नेपाल मजदूर किसान पार्टीको भोट करीव ५ हजार छ भने माओवादी २६ सय भोट पाएको थियो। एमाले–माओवादीको भोट झन्डै २८ हजारको हाराहारीमा देखिन्छ भने कांग्रेसको २१ हजार मत रहेको छ । यसरी बस्नेतले आफ्नो गठबन्धन तर्फको भोट सुरक्षित गर्न सकेभने चुनाव जित्न सक्छन् । तर कांग्रेस पनि आफ्नो भोट बढाउन सक्रिय भएर लागेको छ । ढुंगाना ‘हेवीवेट’ नेता भएका कारण जनमत कांग्रेसतिर फर्किने कांगे्रसको विश्वास छ । स्थानीय र सक्रिय उम्मेदवार भएकाले कम्तिमा ४ हजार भन्दा बढि मतान्तरमा आफुले जित्ने थापाको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE