Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

वाम गठबन्धनका एक उम्मेद्वारः जो जनतालाई कुरेर बस्छन, फूर्सद भएपछि भोट माग्छन्

\"\"गुल्मी । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वाहरु कहिले जनताकै घरदैलो त कहिले खेतबारीमै गएर भोट माग्दै गरेका तस्वीरहरु सार्वजनिक भइरहेका छन् । त्यसोत कुनै उम्मेद्वार जनताकै धान काट्दै/चुट्दै गरेका तस्वीरहरु पनि फेसबुकमा भाइरल भइरहेका छन् । तर गुल्मी क्षेत्र नं. २ ‘ख’ का प्रदेशसभा उम्मेदवार दिनेश पन्थीले जनताले काम सकेर फूर्सद भएपछि मात्र भोट माग्ने गरेका छन् । गाउँमा जनताको काम भएकोले उनीहरुलाई काममा अवरोध गर्न नहुने भन्दै उनले जनतालाई फूर्सद भएपछि मात्र भोट माग्ने गरेका हुन् । दिनभरी मतदाता मेलापात जाने भएकोले पन्थी पनि दिनभरी पार्टीका भेला र बैठकहरुमा व्यस्त हुने र जनता काम फूर्सद भएपछि रातको समयमा घर घरमा पुगेर भोट माग्ने गरेका छन् । पन्थी जिल्लामा सोझा र ईमान्दार नेताको रुपमा परीचित छन् । पन्थी गाउँ–गाउँमा पुग्दा जनताले निकै मन पराएको चुनावी प्रचार टोलीको दावी छ । ‘धेरै आश्वासनदिने थोरै कामगर्ने नेताहरुको विचमा काम गर्ने कुरा मात्र बोल्ने ईमान्दार उम्मेदवार पाएकाछौँ’ सिर्सेनीका बोमबहादुर थापाले खबरडबलीसँग भने ‘राजनीतिमा ईमान्दारहरुको पनि स्थान छ भन्ने कुरा यसबाट पुष्टि भएको छ ।’ उनले जनतासंग भेटेर ठूलो आश्वासन पनि दिने गरका छैनन् । गाउँ–गाउँमा आएको सिंहदरबारको अधिकारलाई कार्यान्वयन प्रभावकारी बनाउन कानुन बनाएर जनतालाई सुविधा र आर्थिक समृद्धि हुने भएकोले त्यसतर्फ आफू प्रतिवद्ध भएर लाग्ने गरेको उनको भनाई छ । ‘हामी पैसा बोकेर आउने हैन, जनता कहाँ पैसा र अधिकार सँधै आईरहने नीति बनाउने हो भनेर जनताले खोजेका अधिकार संविधानमै ल्याएका छौँ, गणतन्त्र ल्यायौँ, गाउँ–गाउँमा सिंहदरबारका अधिकारसहित पहिला लाख आउने ठाउँमा करोडौँ बजेट ल्यायौँ,’उनले खबरडबलीसँग भने ‘त्यसैले मैले यस्तो दिन्छु उस्तो दिन्छु भनेर बाँकी तमसुक बनाउँदिन, बरु आईसकेका अधिकार कार्यान्वयन गरी आएको करोडौँ बजेट सदुपयोग गरी आर्थिक रुपमा गाउँलाई सम्पन्न बनाउन नीति निर्माणमा लाग्छु ।’ उनले कुनै एक जना व्यक्तिलाई केही रकमदिने भन्दा पनि किसान, मजदुर, दलित, उपेक्षित, महिला, विद्यार्थी, विरामी, अपाङ्ग सबैलाई पुग्नेगरी छुट्याएर बजेट पठाउने नियम बनाएकोले अब त्यसको दुरुपयोग हुन नदिन पनि नियम बनाउने बताए । ‘जनतालाई समस्यापर्दा अविभावकको रुपमा हेर्ने नेताले नै हो, दुःख विमार पर्दा म यो क्षेत्रका सबैको अविभावकको रुपमा काम गर्छु’, उनले भने ‘जनताको आर्थिक समृद्धिका लागि सबैलाई स्वरोजगारी पुग्ने गरी आयआर्जनका कार्यक्रम र विकासका योजनालाई बजेट ल्याउने नीति बनाउन लाग्छु ।’ चुनावी प्रचारको क्रममा हुने सभाहरुक ाअरुको आलोचजना नगर्ने उम्मेदवार पन्थीले माओवादी पार्टिका एजेण्डामा देश चलिरहेकोले अब ति एजेण्डाको कार्यान्वयन गरेमा तिब्र विकास हुने बताए । ‘विकासका लागि योजना चाहिन्छ, एजेण्डा चाहिन्छ, त्यहि एजेण्डाका कारण निरंकुश राजतन्त्र हटेर गणतन्त्र आयो, सबैलाई समेट्ने अधिकार आए, सिंहदरबारको अधिकार गाउँ–गाउँमा आयो’ उनी भन्छन् ‘अब हामीसंग विकासको एजेण्डा छ, विकास पनि सबै जनता हर्सित हुने गरी आउँछ, कसैलाई काखा, कसैलाई पाखा गर्ने होईन ।’ जनताले अब केही वर्षमा गाउँको मुहार फेरेको हेर्न चाहने हो भने एजेण्डागत हिसाबले आफ्नो प्रतिस्पर्धी कोहि नभएको उनको दावी छ । सँधै परिवर्तन भईरहने सरकार, र विकासका अस्थिर योजनाबाट मुक्त गरी देशको मुहार फेर्न वाम गठबन्धन भएको उनको दाबी छ । ‘हामी देशमा सँधै अस्थिरता हैन, स्थिर सरकार बनाएर केही वर्षमै गाउँको मुहार फेर्न चाहन्छौँ, त्यसका लागि वाम गठबन्धन भएको हो’ उनले भने ‘विकास, स्थिरता र जनताको हित चाहनेका लागि वाम गठबन्धनको प्रतिस्पर्धी कोही छैन ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE