Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

खुमबहादुर र रामचन्द्र प्यानलका नेता भन्छन्ः डिल्ली चौधरीलाई ‘नो’ भोट, यस्तो छ असहयोग गर्नुको कारण

\"\"दाङ । दाङ क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेद्वार नेपाली कांग्रेस नेता पुर्वसांसद डिल्ली चौधरीलाई उनको पार्टी समर्थकहरुले नै भोट नदिने देखिएको छ । स्थानीय तहको निर्वाचनमा गेहेन्द्र गिरीलाई हराउन उनले मुख्य भूमिका खेलेको भन्दै उनीप्रति कांग्रेसका कार्यकर्तासमेत असन्तुष्टि बनेका छन् । ‘डिल्ली चौधरीबाट कांग्रेसलाई ठुलो घात भएको छ, स्थानीय तहको निर्वाचनमा उनले गेहेन्द्र गिरीलाई हराउन ठुलो षडयन्त्र गर्नुभएको छ’ कांग्रेसका एक कार्यकर्ताले खबरडबलीसँग भने ‘डिल्ली चौधरीलाई हामी भोट दिने वाला छैनौं ।’ उनका अनुसार ‘चौधरी गेहेन्द्र गिरीको चुनाव प्रचारमा खटिए जस्तो गरेपनि आन्तरिक षडयन्त्र गरी गेहेन्द्रलाई हराएको आरोप लगाए । त्यसैले गर्दा पनि उनी प्रति धेरै कांग्रेका कार्यकर्ताहरु नै असन्तुष्ट बनेका छन् । ‘गुट र उपगुटले छिन्नभिनन भएको कांग्र्रेसमा डिल्लीले गुटको राजनीति गरेको कांग्रेसजनहरुले नै आरोप लगाउने गरेका छन् । जसले गर्दा अहिले डिल्लीले हार्ने निश्चित देखिन्छ’ । आफुले चुनाव हार्ने निश्चित भएपछि उनमा छटपटि भईरहेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गुटका चौधरीलाई खुमबहादुर र रामचन्द्र पक्षका नेता तथा कार्यकर्ताले भोट नदिने कांग्रेसकै जिम्मेवार एक नेताले नाम नखुलाउने सर्तमा खबरडबलीलाई बताए । २०७० सालको चुनावमा समानुपातिक सांसद तथा राज्यमन्त्रीसमेत रहेका चौधरीले दाङको विकासमा पनि कुनै सिन्को नभाँचेकाले पनि उनको पक्षमा मत नआउने निश्चित भएको उनले बताए । उनले आफन्तहरु तथा आसेपासेलाई फाईदा हुँने ठाउमा विकास गरेपनि समग्र तुलसीपुर क्षेत्रको लागि विकास निर्माणका कुनै काम नगरेको मतदाताहरुको भनाई छ । यहाँका मतदाताले जिताएर सांसद बनाएको ४ बर्षसम्म तुलसीपुरबासीको लागि एउटा पनि सम्झना लायक काम नगरेकाले पनि मतदाता उनीप्रति निकै असन्तुष्ट छन् । उनले काम नगर्ने तर केही मिडियालाई प्रयोग गरी धेरै प्रचार गर्ने गरेका छन् । अहिले पनि मतदाता कहाँ गएर अस्वभाविक आश्वासन देखाएर मत मागिरहेका छन् । तर मतदाताले भने डिल्ली चौधरीले आँखामा छारो हाल्न खोजेको भन्दै अहिले आफु सचेत बनेका बताए । डिल्ली चौधरीले २०६४ सालमा मात्रै कांग्रेसको राजनीति गर्न शुरु गरेका हुन् । उनी त्यस भन्दा अघि एनजिओमा जागिरे थिए । एनजिओमा काम गर्दा गर्दै उनीसंग देउवा पत्नि आरजु राणासँग राम्रो चिनजान भयो । त्यसपछि उनी २०६४ सालमा आरजु राणाको प्रेसरपछि कांग्रेसको सदस्यता लिए । त्यसपछि आरजुकै कारण एनजिओकर्मीका रुपमा काम गरेका चौधरी २०७० सालको चुनावमा सांसद बन्न पाउने चिठ्ठा प¥यो । २०६४ सालमा कांग्रेसको राजनीति शुरु गरेका चौधरीले सांसद बन्ने मौका पाएपछि बिगत ३० बर्ष अघि देखीपार्टी भित्र त्याग र बलिदान गरेका कांग्रेसकै नेताहरु असन्तुष्टि बने । समानुपातिक जितेका तिनै डिल्ली चौधरी अहिले प्रदेशको प्रत्यक्ष चुनाव लड्न कस्सिएका छन् । जातिय र गुटको राजनीतिमा सक्रिय रहेका उनलाई केही थारु र देउवा पक्षिय केहि कार्यकर्ताबाहेक अरु भोट नआउने कांग्रेसका एक जिम्मेवार नेताले बताए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ उठेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE