महोत्तरीमा तिव्र प्रतिस्पर्धा, अप्रत्यासित परिणाम आउने अाँकलन
कार्तिक २३ गते, २०७४ बिहिवार 9th November, 2017 Thu०९:११:१९ मा प्रकाशित
महोत्तरी । प्रतिनिधि सभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुन गइरहेको चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान रहेको छ ।
ठूलैरुपमा पैसाको खेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दाबी रहेको छ ।
मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरतसिंह भण्डारी गरी दुईजना सदस्य महोत्तरीबाटै प्रतिनिधि सभा चुनाव लडेका कारण यसपालि महोत्तरीको चुनाव निक्कै रोचक हुने र परिणाम पनि अप्रत्यासित आउने विश्लेषकको ठम्याइ रहेको छ ।
महोत्तरीको राजमार्ग र उत्तरी क्षेत्रको भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता एवं बहालवाला मन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार छन् ।
उनी महोत्तरीको बर्दिवासमा पूर्वाधार विकास, विभिन्न सरकारी कार्यालय स्थापना गरेका कारण त्यस क्षेत्रमा निक्कै लोकप्रिय हुनुहुन्छ भने यसअघि संविधान सभाका पहिलो र दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट विजयीसमेत भइसकेका छन् ।
उनको प्रतिष्पर्धामा सोही क्षेत्रमा दोस्रो संविधान सभाका निर्वाचनका बेला क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पुनः नेपाली काँग्रेसका उम्मेदवार बन्नुभएको छ । उहाँ स्वच्छ छवि, इमान्दार, मिलनसार र सादा जीवन, उच्च विचार भएका नेताको रुपमा चिनिन्छन् ।
त्यसैगरी, राजपा–फोरम गठबन्धनका तर्फबाट राजपाका लक्ष्मी महतो कोइरी उम्मेदवार बन्नेका छन् । कोइरी जातिको विशेष बसोबास रहेको त्यस क्षेत्रमा दुई नेपाली भाषी उम्मेदवारको मत बाँडिएको खण्डमा उहाँको अवस्था बलियो हुने विश्लेषक बताउँछन् । लक्ष्मी महतो पूर्व गाविस अध्यक्ष हुन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद किरण यादवबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
यादव बाहुल्यता रहेको सो क्षेत्रमा यसअघि पनि किरण यादवले संविधान सभाको चुनावमा निर्वाचित हुनुभएको हो भने राजपा–फोरम गठबन्धनका साझा उम्मेदवार भण्डारीको स्थिति पनि निक्कै बलियो रहेका कारण दुवैबीच सोझो प्रतिष्पर्धा हुने विश्लेषक बताउँछन् ।
त्यसैगरी, महोत्तरीको सदरमुकामसहितका क्षेत्र नम्बर ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर र उनकै बागी उम्मेदवार पूर्व स्वतन्त्र सांसद चन्देश्वर झाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
ब्राह्मण, भूमिहार बाहुल्य रहेको यस क्षेत्रमा नेपाली काँग्रेसका भूमिहार समुदायका उम्मेदवार रहेका बजरंग नेपालीले महन्थ ठाकुरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि अब महन्थ ठाकुर र चन्देश्व झा दुवै ब्राह्मण रहेका कारण निक्कै रोचक भीडन्त हुने विश्लेषक बताउँछन् ।
उनीहरुका अर्का प्रतिष्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विजयकुमार चौधरी रहेका छन् । जो गठबन्धनका कारण बलियो हुनसक्ने आँकलनसमेत गरिएको छ ।
महोत्तरीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति महेन्द्रकुमार राय उम्मेदवार भएका छन् । उनलाई जिल्लास्तरमा प्रभावशाली नेता मानिएको छ ।
त्यस्तै, यस क्षेत्रमा राजपा–फोरम गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव उम्मेदवार भएका छन् । गठबन्धनका कारण उनी पनि बलियो रहेको बुझिएको छ । तर सोही स्थानबाट राजपा नेपालका महासचिव इञ्जिनियर देवेन्द्र यादव पनि बागी उम्मेदवार छन्, जसले गर्दा परिणाम अप्रत्यासित आउन सक्ने विश्लेषक बताउँछन् ।
त्यसैगरी, सोही स्थानबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का मो रजी हैदरले उम्मेदवारी दिएका छन् । मुस्लिम बाहुल्यता रहेको त्यस क्षेत्रमा उहाँको पक्षमा पनि मतपरिणाम आउन सक्ने विश्लेषकको अनुमान रहेको छ ।
समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइरहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: