Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

राप्रपा (प्रजातान्त्रिक) को घोषणापत्र सार्वजनिक

\"\"काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले मुलुकको सनातन धर्मसंस्कृति, मूल्यमान्यता तथा परम्परागत संस्थालाई समेट्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरिएको घोषणापत्रमा परम्परागत संस्थाको अर्थलाई प्रष्ट नपारिएको भए पनि सबै धर्मकाबीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रलाई नेपाली पहिचानका रुपमा लिइएको छ । सवल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र नेपाली जनताको सम्मान, परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र, गरिबी र भ्रष्टाचारमुक्त, समृद्धिशाली र सुशासनयुक्त लोककल्याणकारी पहिचानलाई प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रुपमा मान्यता दिँदै उहाँको जन्मदिन पुस २७ गते प्रत्येक वर्ष नेपालको राष्ट्रिय एकता दिवस मनाउने विषय पनि उल्लेख गरिएको छ । सार्वभौमिकता र राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने र प्रदेशका सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासका लागि प्रत्येक प्रदेशमा संस्कृति प्रवद्र्धन प्रतिष्ठान खोलिने उल्लेख छ । मानव संशाधनको विकासमा विशेष जोड दिई कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत यस क्षेत्रमा खर्च गरिनेछ । वित्तीय, बीमा, धितोपत्र र सहकारी क्षेत्रको विकास गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । शिक्षा क्षेत्रको विकासका लागि राष्ट्रिय शिक्षा सुधार उच्चस्तरीय आयोग गठन गरिने र नेपाली अंग्रेजीबाहेक तेस्रो एक भाषा कक्षा १ देखि १० सम्म अनिवार्यरुपमा पठन पाठनको व्यवस्था गरिनेछ । स्वास्थ्य क्षेत्रको विकास गर्न प्रत्येक गाउँपालिकामा २५ श्ययासम्मका र नगरपालिकामा ५० श्ययासम्मका अस्पताल स्थापना गरिनेछ । कृषि, औद्योगिक र सेवामूलक व्यवसायमा आगामी पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गरिनेछ । प्रदेश सरकार र केन्द्र सरकार सरकारअन्तर्गत निजामती सेवा, प्रहरी सेनाका साथै शिक्षण र अध्यापनका क्षेत्रमा थप पाँच लाख रोजगारीका अवसर सिर्जना गरिने घोषणापत्रमा उल्लेख छ । महिला सशक्तीकरण, अल्पसंख्यकको सुरक्षाको व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ । आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा आसन्न चुनावका माध्यमबाट प्रतिनिधिसभा र प्रदेशसभाको गुणात्मक अभिवृद्धिले संघीय लोकतन्त्र सुदृढ हुने बताउँदै हिन्दू राष्ट्र र परम्परागत शक्तिलाई स्थापित गर्नका लागि आफ्नो दललाई मतदान गर्न जनतालाई आग्रह गरे । उनले पार्टीले लिएका आदर्शलाई स्थापित नगर्दासम्म अहिलेको संविधानमा आलोचनात्मक समर्थन रहने प्रष्ट पारे। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE