Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

आक्रमक प्रचार योजनामा कांग्रेस, आधुनिक मिडिया सेन्टर स्थापना

\"\"काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ । आसन्न निर्वाचनका लागि कांग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै नेता खाँडले भने, “तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ ।” पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहेका नेता खाँडले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६०÷४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु हास्यास्पद भएको बताए । निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँले भने, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलकमा लोकतन्त्र अपरिहार्य छ ।” पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा आज आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ । साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ । कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताए । निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने जनाएको छ । कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुुर विश्वकर्मा, डा डिला संग्रौलालगायत उपस्थित थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE